
इलाम : “आवाज विहिनका आवाज” चुलाचुली मिडिया प्रालिको प्रस्तुती बेव श्रृंखला “सेवारो बाजे” सिजन-२ चैत २ गतेबाट सार्वजनिक हुने भएको छ ।
चुलाचुली मिडियाको अफिसियल युटुव च्यानलबाट हरेक सोमबार साँझ ७ बजे प्रशारण हुने स्रोतले जनाएको छ । प्राविधिक कारण केही समयदेखि रोकिएको बेव श्रृंखला तीन महिनापछि निर्माण सुरु भएको हो । महिनाको चार वटै हप्तामा प्रशारण हुँदै आएको “सेवारो बाजे” सिजन-२ भने, दश दिनको अन्तरमा महिनामा तीन वटा मात्र भाग प्रशारण हुने निर्माण पक्षले बताएका छन् ।
चुलाचुली गाउँपालिकाको सहकार्यमा निर्माण हुने बेव श्रृंखला “सेवारो बाजे” सिजन-२ को अधिकांश छायाँङ्कन चुलाचुलीभरL रहेका पर्यटकिय क्षेत्र, धार्मिक स्थल, शैक्षिक क्षेत्र लगायतमा गरिने भएको छ ।
जम्मा १४ भाग सम्म निर्माण हुने “सेवारो बाजे” सिजन-२ को करिब ३ लाख बढि लगानी रहने भएको छ । “सेवारो बाजे” सिजन-२ को पटकथा लेखन रंगकर्मी मनाङ लावतीले गर्ने भएको छ ।
“सेवारो बाजे” सिजन-२ मा मुख्य भूमिका मा दिपेश मगर, हेमराज घिमिरिे, मनकुमार योङहाङ, केशर भूजेल, सुनिता चेम्जोङ, सन्तोस राई, गणेश कुमार योङहाङ, पुर्ण ठटाल, मिलन कोयू राई, मनिशा विश्वकर्मा लगायत कलाकारहरुको अभिनय रहने छ ।
बेव श्रृंखलाका निर्देशक चेतन आङथुपो को अनुसार, “सेवारो बाजे” सिजन-२ मा भनिने कथा सेवारो बाजेको खोजीमा हिडेका दुई पात्रको यात्रा संघर्ष र कथामा एक्लो भएका नाती सिकुमको दैनिकी संर्घष साथै स्थानीय पर्यटन क्षेत्रलाई विशेष रुपमा प्रस्तुती गरिने छ ।
लकडाउन र कोरोना को महामारी बेला निर्माण सुरु गरेको यस बेव श्रृंखला “सेवारो बाजे” को मुख्य भूमिका मा राज फागो रहेको थियो । १ देखि ३० भाग सम्म निर्माण गरिएको थियो ।


















































