
-गजलकार : घनश्याम पौडेल
गरीब छु गाउँमा बस्छु ईन्टरनेट छैन
ठुलाबडा हजुरसँग दर्शन भेट छैन
सुरम्य छन वनपाखा लेक बेंसी फाँट
बसन्तमा नखुलेको कुनै फेट छैन
देव तुल्य सबै जना मन कर्म एक
आत्मादेखि दयामाया छेक्ने गेट छैन
धुलो धुवा कोलाहल भिडभाडभित्र
हतारोको जिन्दगी र उड्ने जेट छैन
स्वार्ग नै हो इन्द्रपुरी इन्द्रासन बस्ने
छलछामेर स्वभावको कुनै रेट छैन
गाउँ बस्ती बोल्ने मुख कता गए आज
विकासको झुल्के घाम भरी पेट छैन
माइजोगमाई -१ नयाँबजार, इलाम


















































