तेह्रथुम, भदौ
नेपाली सांगितिक आकाशमा आफ्नो छुट्टै पहिचान बनाएका गायक समिर सिंगक लिम्बुले चर्चित गायिका मेलिना राई संगको सांगितिक सहकार्यलाई निरन्तरता दिएका छन् । राई संगको युगल आवाजमा रहेको ‘फेवा तालैमा’ गितको अपार सफलता पछि सिंगकले ‘तिमी तर्केर तर्केर मार्यौ’ बोलको गित भर्खरै रेकर्ड गराएका छन् ।
सांगितिक सफल जोडीको रुपमा निकै आशा गरिएका गायक समिर र गायिका मेलिनाको स्वरमा रहेको ‘तिमी तर्केर तर्केर मार्यौ’ बोलको गित गितकार डिपी खनालले लेखेका हुन् भने शंकर थापाले संगित भरेका छन् । आरबि रेकर्डिङ स्टुडियो काठमाडौमा रेकर्ड गरिएको यो गितमा उदयराज पौडेलको एरेञ्ज रहेको छ ।

माया र प्रितीको भाकालाई रोमाञ्चक तथा ठट्यौलो भावले व्यक्त गरिएको यस गितलाई चाडै बजारमा ल्याउने तयारी रहेको र श्रोताको खास रोजाई बन्ने अपेक्षा लिईएको गायक सिंगकले बताए ।
गायन संगसंगै मोडलिङमा पनि राम्रो अनुभव बटुलेका समिरले दर्जन बढि कलेक्सन एल्बम्हरुमा स्वर दिई सकेका छन् भने करिब २ सयको हाराहारीमा गित गाएका छन्। तेह्रथुमको फेदाप सिम्लेमा जन्मेका गायक सिंगक हाल पुर्वको शहर धरानलाई कर्मथलो बनाएर सांङगितिक क्षेत्रमा निरन्तर समय दिईरहेका छन् ।















































