शिशिरको ` पानी भर्ने ´ सार्वजानिक


इलाम : इलामका चर्चित गजलकार शिशिर भट्टराईको  पहिलो गजल ‘ पानी भर्ने ‘ को म्युजिक भिडियो सार्वजानिक भएको छ।

अञ्जु पन्तको स्वरमा इलामे स्रष्टाको रचना र संगित रहेकोे गजलको म्युजिक भिडियो हालै सार्वजानिक भएको हो ।
इलामका युवा गजलकार शिशिर भट्टराईको गजल र इलाम सिद्दिथुम्का घर भई हाल अमेरिका बस्दै आएका मुरारी गुरागाईको संगित रहेको पानी भर्न आउने बोलको गजलको म्युजिक भिडियो सार्वजानिक भएको हो ।

https://www.youtube.com/watch?v=rrUaCHG-Y3s

अञ्जु पन्तको आवाज रहेको गजलमा ग्रामिण परिवेशका बिम्बहरुलाई गजलकारले कलात्मक रुपमा लिपिबद्ध गरेका छन्।  भट्टराई पेशाले शिक्षक समेत रहेका छन् ।

गम्भीर विष्टले निर्देशन गरेको उक्त भिडियोमा गम्भीर विष्ट र जेबिका कार्की फिचर्ड छन् । प्रकाश मिश्रको रेकर्डिङ तथा मिक्सिङ, फडिन्द्र राईको  एरेन्ज रहेको गीतको भिडियोमा नविन निरौलाको सम्पादन छ ।

हजुर आउनु पधेरीमा,पानी भर्न आउँछु
पानी भर्ने निहुँ गरी नजर पर्न आउँछु ।।
चुरा दिनु,पोते,दिनु दिनु सिन्दुर पनि,
र पो साँझ परेपछि नजिक सर्न आउँछु ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार