माङसेबुङको चौथो गाउँसभाद्वारा ८ विधेयक पारित

  नयाँ बुलन्द
0 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाको चौथो गाउँसभा आइतबार सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङ्गोको अध्यक्षतामा भएको सभाले विभिन्न आठ वटा विधेयक पारित गरेको  छ ।

गाउँसभाले स्थानीय उर्जा विकास सम्न्धी निर्देशिका २०७५, धार्मिक तथा साँस्कृतिक क्षेत्र विकास समिति गठन तथा संचालन निर्देशिका २०७५, अनाथ तथा जोखिमयुक्त बालबालिका तथा सामाजिक सुरक्षा कार्यक्रम (संचालन कार्यविधि) ऐन २०७५, माङसेबुङ गाउँपालिका युवा परिषद ऐन २०७५ पारित गरेको हो ।

त्यस्तै गाउँमै श्रम गाउँमै धन अभियान कार्यक्रम संचालन निर्देशिका २०७५, शिक्षा नियमावली २०७५, भाषा संस्कृति र ललितकलाको संरक्षण र विकास कार्यान्वयन निर्देशिका २०७५ र शहिद रत्नकुमार वान्तवा पुरष्कार कोष सम्बन्धी संचालन कार्यविधि २०७५ पारित गरेको माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गोले जानकारी दिए ।

गाउँसभा माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङ्गोको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार