इलाम : पछिल्लो समय म्युजिक भिडियोमा चर्चा बटुलिरहेका मोडल तथा निर्देशक हिकस राईले आफ्नै शब्दमा आफ्नै गाउँ समेटेर ‘मेरो वालिङ गाउँ’ बोलको गीत सार्वजनिक गरेका छन् ।
सुर्योदय नगरपालिकाका विभिन्न ठाउँहरू प्रवर्द्धन गर्ने, नव प्रतिभाहरूलाई उत्साहित गर्ने उदेश्यले एचकेआर व्यानरमा काम गर्दै आएका छन् । गीतमा आवाज गायक प्रेमराज राई र गायिका रितु सुनुवारले भरेका छन् भने संगीत प्रेमराज राईको रहेको छ । अशोक थापाले संगीत संयोजन गर्नुभएको छ ।
म्युजिक भिडियोमा सुचन राई र दिपिका सुनुवारले अभिनय गरेका छन् । हिकसले लामो समयदेखि म्युजिक भिडियो निर्माण गर्दै विभिन्न च्यानलबाट सार्वजनिक गर्दै आएपनि यस गीतलाई भने एचकेआर इन्टटेन्मेन्ट च्यानलबाट नै सार्वजनिक गरिएको बताए ।
भिडियो हेर्नुहोस् :