
इलाम : बुलन्द मल्टिटेक्निकल मिडिया प्रालि इलामद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्दले आफ्नो दशौं वार्षिक उत्सव कार्यक्रम बिहीबार विभिन्न कार्यक्रम गरी मनाउँदै छ ।
नयाँ बुलन्दले इलाम सदरमुकाममा वार्षिक उत्सव मनाउन लागेको हो । वार्षिक उत्सवको अवसरमा नयाँ बुलन्दले प्रकाशन गरेको सन्देशमूलक वार्षिक भित्तेपात्रो (क्यालेण्डर)-२०८३ सार्वजनिक र नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार-२०८३ वितरण 0गर्नेछ ।
जिल्लाका अनलाइन पत्रिकामा कार्यरत पत्रकारलाई प्रोत्साहन गर्ने उदेश्यले स्थापना गरेको १० हजार राशीको नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार यसवर्ष पत्रकार देवेन्द्र पौडेलले पाउनेछन् । पौडेल इलाम टाइम्स डटकमा आवद्ध छन् ।
बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका अध्यक्ष एवम् नयाँ बुलन्दका सम्पादक योङहाङले नयाँ बुलन्दको वार्षिक उत्सवको अवसरमा बर्सेनि एकजना अनलाइन पत्रकारलाई पुरस्कृत गरिने बताए ।



















































