माई : अखिल (क्रान्तिकारी) माइ नगर समितिको प्रथम सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनले शिखर पौडेललाई अध्यक्षमा निर्वाचित गरको छ ।
सम्मेलनबाट उपाध्यक्षमा प्रदिप आचार्य र नारायण दाहाल, सचिवमा जेनिका राई, सहसचिवमा एडसन लाम्गादे र अनिश खड्का एवम् कोषाध्यक्षमा सुम्निमा निर्वाचित भएका छन् ।
सदस्यहरुमा सुनिता राई, रन्जना राइ, नबिना लिम्बू, बिनिता राई, सरिता रसाइली, दिपिका चौहान, मन्जिला लिम्बू, सलिना राई, सामाना राई, सृजना शेर्पा, दिपिका लिम्बू, लक्ष्मी श्रेष्ठ, निता लाओती, निशा तामाङ, मिलन थेगिम, विवश राई, धिरेन मगर, अनिश राई, बिनिता राई, घनश्याम वि.क., रोजिना तामाङ, निता लिम्बु, दिपेन्द्र राई, गुराँस राउत, मनिशा बुढाथोकी, कृष्टी राई, मुस्कान कार्की, आयुष कटुवाल, सुसिला राई, अनुराधा बुढाथोकी र पुजा राई निर्वाचित भएका छन् ।
बाँकी सदस्य समितिको पहिलो बैठकले मनोनित गरी ४१ सदस्यीय समिती बनाउने जनाइएको छ ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा जनतासँग माओवादी विशेष रुपान्तरण अभियानका माई नगर इन्चार्ज हरि राना मगरको प्रमुख अतिथ्यता भएको कार्यक्रममा प्रदेश समिती सदस्य प्रभास शर्मा, दिपक सिन्चिरु, धनकुमारी राई, पार्टी नगर अध्यक्ष भक्त लुङ्गेली, विद्यार्थी फ्याक्सन इन्चार्ज गन्जु प्रधान, विद्यार्थी जिल्ला अध्यक्ष नयन बान्तावा, जिल्ला सहसचिव समीर राईलगायतको उपस्थिति थियो ।