एकतप्पा बहुमुखी क्याम्पसको संचालक समिति गठन

  नयाँ बुलन्द
2.2k Shares

इलाम : इलामको फाकफोकथुम गाउँपालिका-८ शिकारी भञ्ज्याङस्थित एकतप्पा बहुमुखी क्याम्पसको संचालक समिति गठन भएको छ ।

सञ्चालक समितिका सदस्यहरुमा रबिन्द्रप्रसाद राई, पञ्चबहादुर योङहाङ लिम्बु, देउकुमार राई (विकाश), सन्तबहादुर गुरुङ, भिमा खड्का, देउकुमार कटुवाल, देवीप्रसाद खनाल, सशिधर खनाल र पूर्णकुमार भट्टराई चयन भएका छन् ।

सञ्चालक समितिको अध्यक्ष त्रिभुवन विश्व विद्यालय कार्यकारी परिषदको बैठकले स्वीकृत गर्ने व्यवस्था रहेकाले तीन जनाको नाम सिफारिस गरी पठाएको छ ।

त्यस्तै, सल्लाहकार समिति समेत गठन भएको छ । केदारनाथ खनालको संयोजकत्वमा, टंक लावती प्रमुख संरक्षक र सदस्यहरुमा छत्रबहादुर सुब्बा, टंकनाथ खनाल (वडाध्यक्ष ६ नं), टंकनाथ घिमीरेऽ छबिलाल भट्टराई, कृष्णबहादुर खड्का र तिलकबहादुर भट्टराई चयन भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार