थाम्सुहाङको ‘शव्दथुम’माथि चर्चा

  नयाँ बुलन्द
182 Shares

सुनसरी : कवि हुँदै निबन्धकार बनेका प्रकाश थाम्सुहाङको नयॉ कृति ‘शव्दथुम’ भित्र पुर्वेली पहिचान बोकेको रैथाने संस्कृति र जीवनशैलीलाई मिहिनरुपमा उतार्न सफल भएको समालोचकहरुले बताएका छन् ।

धरानमा महेन्द्र बहुमुखी क्याम्पसको नेपाली विभागद्धारा आइतबार आयोजित ‘प्रकाश थाम्सुहाङको किताव शव्दथुम माथि चर्चा’ मा समालोचकहरुले रैथाने चेतलाई आवाज दिने काम निबन्धकार थाम्सुहाङले गरेको बताए । निबन्धमाथि समालोचकीय धारणा राख्दै उपप्राध्यापक डा अस्मिता विष्टले ‘पालामको मुर्छना’ कविता संग्रह ल्याएको १७ बर्ष पछि निबन्ध संग्रह लिएर आएका लेखक थाम्सुहाङले नेपाली निबन्ध लेखनमा अर्को उचाई थपेको बताइन् ।

उनले भनिन्, ‘निबन्धकार थाम्सुहाङले शव्दको गढ तयार गरेर आम पाठकको ध्यान तान्न सफल भएका छन् । निबन्ध भित्र आफ्नो भूगोलको सांस्कृतिक पक्ष र सिमान्तीकृत चेतलाई उजागर गर्दै शसक्त विचार प्रवाह गरेका छन् ।’ उनले संग्रह भित्र रहेका २४ थान निबन्धले पहिचानको कुरामात्र नगरेर सत्तालाई समेत चुनौती दिदै पाठकको ध्यानाकर्षण गर्न सफल भएको बताइन् ।

प्राडा टंक न्यौपानेले निबन्ध लेखनमा थाम्सुहाङले पहिचान र अस्तित्वको लडाइंलाई नया चिन्तनमार्फत व्यक्त गरेको भन्दै प्रशंसा गरे । उनले भने, ‘पुर्वका श्रष्टाहरुले नेपाली साहित्यको आन्दोलन र वाद तयार गरेर केन्द्रलाई पहिलैदेखि चुनौती दिदै आएको हो । थाम्सुहाङ्को यो निबन्धसंग्रह पनि त्यसैको निरन्तरताको रुपमा देखिएको छ । आफ्नोपन, भाषिक, जातीयता र त्यसभित्रको समग्र सांस्कृतिक र समाजिक, राजनितिक पक्षलाई दावी गर्दै लेखिएका निबन्धहरुले पाठकको मष्तिस्क झकझाउछ ।’

संचारकर्मी भोजराज श्रेष्ठले सहजीकरण गरेको शव्दथुमको चर्चामा संचारकर्मी समेत रहेका अर्का निबन्धकार दीपक सापकोटाले थाम्सुहाङको शव्दथुम भित्र माटोको सुगन्ध र सांस्कृतिक रोमाञ्चचकताले भरिएको बताए । उनले भने, ‘लुङ्माहिम साइलादेखि बैरागी काइलासम्मका अलिखित, नुतन कथा समाविष्ट गरेर आफ्नो समुदाय र परम्परामाथि शालिन विमर्ष गरेका छन् । जुन छिप्पिएको जांड झै निबन्धहरु परिपक्व छन् । नेपाली विभाग प्रमुख डा दीपक न्यौपानेले निबन्धकार थाम्सुहाङले आफ्नै सांस्कृतिक धरातलमा उभिएर निबन्ध लेखेको धारणा राखे । निबन्धमा नश्लिय चेतना अलिकति बढी हावी भएको पो हो की भन्ने आरोप खेपेका थाम्सुहाङले जवाफी धारणा राख्दै भने, ‘म पुर्वको मान्छे । मुन्धुमको अस्तित्वको दावी गर्छु । मेरो लेखन संस्कृति पनि त्यसैको सेरोफेरो मै हुने नै भयो । मैले जानेको र बुझेको विषयमा लेख्दा नश्लियबादीको ट्याग लगाउनु हुदैन भन्ने पक्षमा छु ।’

दुइ दर्जन निबन्ध भित्र व्यक्तिविम्ब अन्तर्गत आफ्नै बाबु गणेशबहादुर थाम्सुहाङ माथि ‘लुङ्माहिम साईलाको मेटामोर्फोसिस’ देखि मामा वैरागी काईला र ‘रुचाल दाई’ सम्ममा १३ जना माथि लेखेका छन् । चिन्ता चिन्तनमा सिमान्त सस्कृतिको दुख, साहित्यमा पहिचानको तीन आन्दोलन लगायत ६ निबन्ध समेटेका छन् । आत्ममन्थन अन्तर्गत कफिहाउसमा फकिर चिन्तन, दाईसंग बाजी र एक्ले भएको कथा गरी पाच निबन्ध रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार