नेपाली मेनुकाको आवाज भारतीय कलाकार प्रभाशको फिल्ममा

  सन्तोष गिरी
259 Shares

इलाम : नेपाली मुलकी गायिका मेनुका पौडेल यतिबेला भारतीय टेलिभिजन सोनी टेलिभिजनबाट प्रशारण भइरहेको इण्डियन आइडलको १४ औं संस्करणमा प्रतिस्पर्धा गरिरहेकी छन् ।

भारतीय मिडियादेखि संसार भरका मिडियामा उनको सर्वत्र चर्चा देखिन्छ । आइतबार प्रशारित इण्डियन आइडलमा बहुप्रतिष्ठित फिल्म केजिएफका निर्देशक प्रशान्त निलको निर्देशनमा बनिरहेको फिल्म “सलार” मा मेनुकाको आवाज रहने स्वयम् उनले बताएकी छिन ।

चर्चाको शिखरमा पुगिरहेकी मेनुकालाई “सलार” फिल्मका संगितकार रबि बसरुरले यो अवसर दिएका हुन । उनले भनेकी छिन,” यो मेरो पहिलो प्ले ब्याक आवाज हो । सके सम्म आफ्नो तर्फ बाट राम्रो गर्ने प्रयास गर्ने छु ।”

सलार फिल्मका मुख्य पात्रमा भारतिय फिल्म उद्योगका सुप्रसिद्द कलाकार प्रभाश रहनेछन भने फिल्मको पोष्टर सार्वजनिक भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार