फाकफोकथुम गाउँपालिकाको सार्वजनिक सुनुवाई सकियो (सवाल जवाफ/भिडियो सहित)

  नयाँ बुलन्द
707 Shares

इलाम इलामको फाकफोकथुम गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९।०८० को अन्तिम सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार सकिएको छ ।

वडा वडामा सार्वजनिक सुनुवाई गरेको फाकफोकथुमले आइतबार गाउँपालिकाको कार्यालय र ३ नं. वडा कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम संयुक्त रुपमा सम्पन्न गरेको हो ।

गाउँपालिकाको कार्यालय, विभिन्न विषयगत शाखा र ३ नं. वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा वडा कार्यालयको प्राङ्गण आमचोकमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।

फाकफोकथुम गाउँपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजीकरणमा भएको कार्यक्रममा ६७ जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा कार्यक्रममा १२ जना सेवाग्राहीले प्रत्यक्ष रुपमा चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।

कार्यक्रममा किशोर शर्मा, धनकुमारी भट्टराई, कुलप्रसाद लामिछाने, श्रीप्रसाद पुलामी, डिकबहादुर राई, देउकुमार थापा, यामबहादुर कट्वाल, हेमकर्ण नेपानी, प्रजापति भण्डारी, नेत्रबहादुर कट्वाल, कृष्णप्रसाद लुइटेल अनिरुद्र लामिछानेले प्रत्यक्ष चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।

उनीहरुले विकास निर्माणका विभिन्न पक्षहरुको विषयमा गुनासो, प्रश्न र सुझाव राखेका थिए ।

सेवाग्राहीको प्रश्नको जवाफ फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, उपाध्यक्ष कल्पना राई, प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बू, ३ नं. वडा अध्यक्ष दिपेन्द्र लिम्बू, स्वास्थ्य शाखा प्रमुख यामबहादुरलगायतले दिएका थिए ।

उनीहरुले सेवाग्राहीको प्रश्न र सुझावलाई सम्पतिको रुपमा ग्रहण गर्दै आगामी दिनमा कार्यान्वयन गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाए । गाउँपालिका अध्यक्ष खनालले सबै प्रश्नकर्ता र सुझावकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै सेवाग्राहीको सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।

कार्यक्रमको उदेश्यसहित स्वागत स्वास्थ्य शाखा प्रमुख बस्नेतले, वडाको विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहबारे वडा अध्यक्ष लिम्बूले र गाउँपालिकाको विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहबारे प्रमुख प्रशासकीय अधपकृत लिम्बूले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका सहजकर्ता राम योङहाङले ३० जनाको नागरिक अभिमत प्रतिवेदन पत्र र ३१ जनाको बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गरेको थिए । नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु ‍औंल्याईएको छ ।

त्यस्तै बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको थियो ।

कार्यक्रमको प्रत्यक्ष प्रशारण नयाँ बुलन्दको अफिसियल फेसबुक पेज नयाँ बुलन्द बाट भएको थियो ।

फाकफोकथुम गाउँपालिकाले चालु आवमा यसअघि गाउँपालिकाको र ३ नं. वडा कार्यालयको संयुक्त रुपमा एवम् वडा नं. १, २, ४, ५, ६ र ७ मा एकल रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरेको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रकृयामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्नेछ ।

जनप्रतिनिधि र कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरेको हो ।

नागरिक प्रतिवेदन हेर्न यहाँ नागरिक प्रतिवेदन क्लिक गर्नुहोस् :

बहिर्गमन प्रतिवेदन हेर्न यहाँ बहिर्गमन नतिजा क्लिक गर्नुहोस् :

सवाल जवाफ हेर्न यहाँ सवाल जवाफक्लिक गर्नुहोस् :

कार्यक्रमको पूरा भिडियो हेर्न यहाँ पूरा भिडियो क्लिक गर्नुहोस् :

कार्यक्रमका तस्विरहरु :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार