२० वर्ष पालेकाे कुखुराको भाले मरेपछि गरियाे दाहसंस्कार !

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका पहरुवाका शिव सुवेदीले २० वर्षदेखि पाल्दै आएकाे कुखुराकाे भाले मरेपछि दाहस‌ंस्कार गरिएकाे छ ।

आफूले १९ वर्ष १० महिनासम्म पालेको भाले मरेपछि सुवेदीले हिन्दु परम्पराअनुसार दाहसंस्कार गरेका हुन् ।

भालेलाई परिवारका सदस्यजस्तै मानेर पालेको र गाउँका सबैको सल्लाह अनुसार नै दाहसंस्कार गरिएको सुवेदीले बताए । २०/२५ जना मलामीको सहभागितामा गाउँकै चौवा खोलामा लगेर दाहसंस्कार गरिएको उनले बताए ।

हिन्दु परम्पराअनुसार मान्छेको मृत्यु पछि जे–जे गरिन्छ, ती सबै विधि अपनाएर भालेलाई पनि अन्त्येष्टि गरिएको सुवेदीले बताए । भाले मरेको शोकमा सुवेदीले कपाल खौरिएको, नुन छोडेको, सेतो कपडा समेत लगाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार