यौन सम्पर्कमा समय अवधिको महत्व

  नयाँ बुलन्द
308 Shares

यौन सम्पर्कमा समय अवधिको महत्व

काठमाडौं । शारीरिक सम्पर्क अर्थात् सेक्स मानिसको जीवनको एक अभिन्न अंग हो । यसलाई निकै सही तरिका र सही समयमा गर्न सके विवाहित जोडीलाई यसले निकै आनन्द दिने गर्छ । तर, सेक्सको सबैभन्दा राम्रो समय कति बेला भन्ने प्रश्न धेरैको मनमा आउन सक्छ । त्यस्तै सेक्सको समय अवधिलाई पनि लिएर चिन्तित हुने जमातको कमी छैन । धेरै पुरुष पार्टनरसँग लामो समय यौन सम्बन्ध राख्न नसकेको पीडामा चिन्तित बन्ने गरेका छन् । उनीहरु पार्टनरलाई सन्तुष्टि दिन पो सकिनकी भन्ने भ्रममा हुन्छन् । तर, यथार्थ त्यस्तो हुँदैन । लामो समय र छोटो समयका कारण पार्टरले सन्तुष्टि पाउने कुरामा खासै निर्भर हुँदैन ।

सेक्सको अवधि यति नै हुनुपर्छ भन्ने कुनै मापदण्ड छैन । तर, धेरै मानिस अहिले पनि शीघ्र पतन तथा ढिला पतनको विषयमा सोचेर दिन बिताइरहेका हुन्छन् । साथीहरूको बीचमा कुरा हुँदा मेरो त यार कहिले काहीँ यति बेर गरे उति बेर गरे भन्दै गफ चुट्ने अनि पोर्न फिल्ममा देखाइएको जस्तै लामो समयसम्म यौन सम्पर्क गर्न खोज्नेहरू थुप्रै छन्। तर, अवधिलाई लिएर अनावश्यक चिन्ता गर्नु व्यर्थ हो ।

पार्टनर, परिवेश, फोरप्लेलगायत पक्षमा ध्यान दिन सके यौन पार्टनरलाई पूर्ण सन्तुष्टि दिन सकिन्छ । यसमा समय अवधिको कुनै सरोकार हुँदैन ।

आफ्नो यौन पार्टनरसँग राम्रोसँग फोर प्ले गरिएको छ, उनलाई राम्रोसँग उत्तेजनामा ल्याइएको छ भने एक देखि तीन मिनेटसम्म इन्टरकोर्स गर्दा पर्याप्त हुन्छ। तर, पार्टनर देख्नेबित्तिकै बाघले शिकार झम्टेको जस्तै गरी झम्टिने हो भने दुवैको सेक्स लाइफ बिग्रन्छ। केटीहरू ढिलो उत्तेजनामा आउने र ढिलै शान्त हुने भएकाले उनीहरूमा उत्तेजना केही समय स्थीर रहन्छ। त्यसैले फोर प्लेमा जति बढी केटीलाई उत्तेजनामा ल्याउन सक्यो, यौन सम्पर्कका बेला त्यति नै बढी आन्नद प्राप्त गर्न सकिन्छ । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार