यौन आनन्द आफैँमा एउटा सुन्दर अनुभूति

  नयाँ बुलन्द
126 Shares

यौन आनन्द आफैँमा एउटा सुन्दर अनुभूति

काठमाडौं । दम्पती वा यौन पार्टनरबीच आपसी समझदारी, प्राक्क्रीडाको अज्ञानता, लिंग घर्षणमा मात्र ध्यान दिनाले पटक–पटकको यौन असन्तुष्टिका कारण वैवाहिक सम्बन्ध बिग्रन बेर लाग्दैन । मानसिक, शारीरिक कारणले गर्दा कतिपय व्यक्तिले चरमसुख प्राप्त गर्न सक्दैन ।

कतिपय अवस्थामा यौन साथी एकले अर्कालाई आत्मविश्वास जगाउने उपाय अपनाउनुपर्छ । मानसिक रूपमा तयार गरी यौन सम्पर्क राख्ने, जननेन्द्रिय घर्षणमा मात्र ध्यान दिनु हुन्न, प्राक्क्रीडा अर्थात् फोर प्लेमा पनि उत्तिकै ध्यान दिनुपर्छ ।

सफल यौन केवल यौनांगको मिलन मात्र होइन, दम्पतीबीचको आपसी सहयोगले मात्र दुवै जनाले अधिकतम सन्तुष्टि पाउन सक्छन् ।

यौन सन्तुष्टिका लागि तनावरहित वातावरणका साथै दुवै पार्टनर खुशी हुनुपर्छ । हतारमा यौन सम्पर्क राख्दा वीर्य स्खलनलगत्तै पुरुषलाई सन्तुष्टि भए पनि महिलालाई नहुन सक्छ । त्यसैले महिला पार्टनरले पनि बराबरी यौन सन्तुष्टि पाउन यौन कार्यअगाडि प्राक्क्रीडाको विशेष महत्त्व छ ।

यौन आनन्द आफैँमा एउटा सुन्दर अनुभूति हो । तर, केही कुरामा ध्यान दिन सकियो भने सेक्सलाई अझ उत्कृष्ट बनाउन सकिन्छ ।

एक अनुसन्धानअनुसार यौनको बढी भन्दा बढी आनन्द लिनका लागि केही सामान्य कुरामा ध्यान दिन आवश्यक छ । ‘क्यानेडियन जर्नल अफ ह्युमेन सेक्सुवालिटी’मा प्रकाशित अनुसन्धानअनुसार ग्रेट सेक्स’ का लागि यौनपार्टनरसँग मानसिक रुपमा तालमेलको जरुरी छ । दुवैबीच संवादको समेत एकरुपता आवश्यक पर्छ । एक आपसमा आ–आफ्नो उपस्थिति दर्ज गराउनु सुपर सेक्सका अर्को सूत्र हो ।

अनुसन्धानमा भनिएको छ, ‘सँगै हुँदा हरेक क्षण पूर्ण रूपमा रमाइलो तरिकाले जिउने प्रयास गर्नुपर्छ ।’ दुबैले आफ्नो ऊर्जाको भरमग्दुर उपयोग गर्दै सम्बन्धको न्यानोपनलाई कायम राख्नु आवश्यक हुन्छ । अन्तरंगता अर्को मुख्य सूत्र हो ।

अन्तरंगता यौन सम्बन्धका लागि उत्प्रेरक हुन्छ, जसले उत्तेजनामा तीब्र वृद्धि गर्छ । यसले आपसमा आदर र सम्मानको भाव समेत जाग्रित हुन्छ । सँगै एक–अर्काप्रति वास्तविक र स्वाभाविक यौन चाहना उत्पन्न हुन्छ । अनुसन्धानअनुसार यौन क्रियाका लागि एक–अर्कालाई शारीरिक रूपमा अनुभव गर्नु नै महत्वपूर्ण हुँदैन ।

–पत्रपत्रिकाको सहयोगमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार