दाम्पत्य जीवन र रोमाञ्चक यौन

  नयाँ बुलन्द
35 Shares

दाम्पत्य जीवन र रोमाञ्चक यौन

काठमाडौं : दाम्पत्य जीवनलाई सुमधुर तथा अझ रोमाञ्चक बनाउनका लागि यौन सर्वोत्तम विकल्प हो । यसका लागि दुबै ब्यक्ति शारीरिक रुपमा तयार भएर मात्र पुग्दैन, मानसिक रुपमा पनि उत्तिकै उत्सुक हुन जरुरी छ । एकजनाको मात्र दबाबमा भएको यौन सम्बन्ध रोमाञ्चक हुँदैन ।

अझ थप रोमाञ्चकले दाम्पत्य जीवन थप सुखमय हुन्छ । त्यसैले जब एक पार्टनर यौनका लागि तयार हुन्छन्, अर्का पार्टनरलाई पनि त्यसमा उत्साहित गराउनुपर्छ । यसका लागि कामुक हाउभाउ, पहिरन, वातावरण आदि थुप्रै कुरामा निर्भर रहन्छ ।

यौन सम्पर्क अघि  गरिने पाकक्रिडाले यौनका लागि दुबै पार्टनरलाई उक्साउँछ । पाकक्रिडाका अनेक विधि छन् । यसमा स्पर्श, चुम्बन, संवेदनशिल अंग चलाउने आदि क्रिया गरिन्छ । पाकक्रिडाको क्रममा जब दुबै उत्कर्षमा पुग्छन्, तब यौन सम्बन्ध सुरु गर्दा बढी रोमान्चक हुन्छ ।

कसैकसैको यौनजीवन किनपनि खल्लो हुँदैछ भने उनीहरुको आसन, स्थान एकनास हुनेगर्छ । यसले गर्दा यौनजीवन दिक्क लाग्दो हुन सक्छ । स्थान तथा आसनले यौनमा बेग्लै रोमाञ्चकता प्रदान गर्छ । यसकुरालाई ध्यान दिएर गरिने यौनक्रिया रोमाञ्चक हुने बताइन्छ ।

श्रीमती र श्रीमानले यौन सम्पर्कका लागि खुलेर कुराकानी गर्नुपर्छ । उनीहरुमा केही समस्या वा कुनै असुविधा छ भने त्यसको जानकारी गराउन सक्छन् । खासगरी महिलाहरुमा विभिन्न किसिमका प्रजनन समस्या हुन्छ । यस्तो अवस्थामा पनि यौन क्रिया पीडादायक बन्न पुग्छ । त्यही पीडाको कारण उनीहरु यौन क्रियामा सहजै सहभागी नहुन सक्छन् । जबकी श्रीमानमा यसले आशंका पैदा गर्न सक्छ ।त्यसैले आफ्नो समस्या छ भने त्यसलाई खुलेर व्यक्त गर्नु उचित हुन्छ ।साथै दम्पतीले एकअर्कालाई मनपर्ने आसन, क्रियाबारे पनि संवाद गर्नु उपयुक्त हुन्छ ।

त्यसैगरी लगातार अथवा दिनहुँको यौनक्रियाले पनि रोमाञ्चकतामा कमी आउन सक्छ । केहि समय ग्याप राखेर मात्र सम्बन्ध बनाउँदा आनन्ददायी हुने गर्दछ । यो  बीचको प्रतिक्षामा आफ्नो पार्टनरबीच उत्तेजना बढ्दै गएको पाउन सकिन्छ । केही समयको अन्तरालपछि जब सम्बन्ध बन्छ त्यतिबेला धेरै मिठो अनुभूति हुने गर्दछ ।

यौन सम्पर्कले शारीरिक र मानसिक दुबै रुपमा दम्पतीलाई स्वस्थ्य, उर्जावान् बनाउने बताइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार