उपचार खर्च तिर्न नसक्दा इलामका सरोजलाई समस्या

  नयाँ बुलन्द
742 Shares

 

इलाम : इलामका एक कोरोना संक्रमित झापाको बिर्तासिटी अस्पतालमा उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य छन् । कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका सूर्योदय नगरपालिका वडा नम्बर ९ का सरोज गदाल उपचार खर्च बुझाउन नसक्दा एक हप्तादेखि देखी अस्पतालमा बसेका छन् ।

गत बैशाख  २५ गते गदाल अस्पताल भर्ना भएका थिए । ५ दिन अघि अस्पतालले डिस्चार्ज दिएको तर उपचारमा लागेको पैसा बुझाउन नसक्दा अस्पतालमै बस्न बाध्य भएको सरोजकी छोरी कृपा गदालले बताईन ।
कृपाका अनुसार उपचार बापतको २ लाख रुपैंयाँ अस्पताललाई बुझाउनु पर्ने छ । घरको आर्थिक अवस्था कमजोर रहेका कारण यति धेरै रकम तिर्न समस्या रहेको उनले बताईन ।

यता सुर्योदय नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष देवेन्द्र शर्माले पनि गदाल परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले विभिन्न संघ संस्था मार्फत ३० हजार रुपैंयाँ सहयोग गरेको बताए ।

कोरोनाका बिरामीलाई कुनै छुटको ब्यवस्था नरहेको अस्पतालले बताएको र रकम धेरै उठेकोले बिरामीलाई निकाल्न समस्या भएको शर्माको भनाई छ । बिरामीका परिवारले अस्पताललाई अहिले सम्म करिब ४० हजार रुपैंया बुझाई सकेको बताएका छन् ।

उता अस्पतालले भने बिरामीले भने जति खर्च नउठेको जनाएको छ । अस्पताल प्रशासनका प्रमुख दिल बस्नेतका अनुसार बिरामीले अस्पताललाई करिब ९४ हजार र फार्मेसीलाई ५३ हजार रुपैंयाँ मात्र भुक्तानी गर्न बाँकी छ । बिरामीका आफन्तले केही समय पछि रकम बुझाउने बताउँदै आएको तर समयमा भुक्तानी नगर्दा समस्या भएको बस्नेतले बताए ।

बिरामीको आर्थिक अवस्था कमजोर रहेकै कारण पैसा जम्मा गर्न समस्या भएको भए केही रकम छुटको लागि आफुले पनि पहल गर्ने बस्नेतको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार