
–अनिल तिखत्री
कुनै समय मैले पनि तिमीलाई मन पराको थे!
त्यही कुरा तिमीलाई भन्न कति धेरै डराको थे!!
बलापनकै साथी संगी सँगै खेल्थ्यौं लुकामारी!
थाहा छ लाटी म त तिम्रो दिल चोरेर हराको थे!!
दिनमा साथ हुन्थ्यौ सधैं उकालीमा ओरालीमा!
हरेक रात तिमीलाई सम्झी बेहोसीमै कराको थे!!
साँझ पख झिलमिल तारा जुन हेर्दै रमाउँथ्यौ!
त्यै बेला तिम्रो दिलमा प्रीतिको फूल सराको थे!!
गजलकार:- मिक्लाजुङ्ग गाउँपालिका ,रवि पाँचथरका प्रमुख प्रशासकीय अधिकृत ।



















































