श्याम्बल माविका कक्षा १० का विद्यार्थीहरुलाई विदाई

  नयाँ बुलन्द  118 पटक हेरिएको

सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिका-२ माइमझुवास्थित श्याम्बल माध्यमिक विद्यालयका कक्षा १० मा अध्यनरत विद्यार्थीलाई विदाई गरिएको छ । एसइइ परिक्षाको तयारीमा रहेका कक्षा १० का १२ जना विद्यार्थीहरुलाई गरिएको हो ।

उनीहरुलाई खदा, अबिर र मायाको चिनो प्रदान गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली गुरुङ्ले विदाई गरे ।

कार्यक्रममा छात्राको तर्फबाट अ्मिम्छा राई र छात्रको तर्फबाट निमाछिरिङ शेर्पा र विद्यालयका प्रधानाध्यपक हिमाल न्यौपानेले मन्तव्य राखेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली गुरुङ्को अध्यक्षतामा भएको कार्यक्रमको स्वागत शिक्षक डेगराज निरौलाले गरेका थिए भने स्वागत नृत्य कक्षा ९ मा अध्यनरत सेन्मी राइले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार