अचम्मको रोग, तीन बर्षीय बालकको जिब्रो मुखभन्दा चार गुणा ठूलो

  नयाँ बुलन्द  68 पटक हेरिएको

एजेन्सी : अमेरिकामा एक तीन बर्षीय बालकमा अचम्मको शारीरिक समस्या देखा परेको छ । त्यो समस्या अरु केही नभएर उसको जिब्रो हो । तीन बर्षको बालकको जिब्रो उसको मुखभन्दा चार गुण ठूलो छ । बालकको यो अवस्था देखेर मानिसहरु अचम्ममा परेका छन ।

चिकित्सकहरुले बताए अनुसार यो एक दुर्लभ रोग हो । यसलाई बेकविथ वाइडम्यान सिन्ड्रोम भनिन्छ । यस्तो रोग १५ हजार बालकहरुमध्ये एकजनालाई हुने गर्छ ।

अमेरिकाको पेन्सिलभेनिया निवासी यी बालकको नाम ओभेन थोमस हो । चिकित्सकहरुले बताए अनुसार बेकविथ वाइडम्यान सिन्ड्रोमका कारण बालकको शरीरका अन्य भागमा पनि खराब असर पर्न सक्छ । उसको शारीरिक बृद्धि र विकासमा अवरोध उत्पन्न हुनसक्छ ।

ओभेनको सर्जरी भैसकेको छ । बालक ओभेनको ज्रिब्रोको आकार दुई इन्च घटाउनका लागि निकै लामो र जटिल अप्रेसन गरिएको थियो । यद्यपी उनको जिब्रो बढ्ने क्रम भने जारी नै छ । ओभेनको जिब्रो बढ्ने क्रमलाई कसरी रोक्ने भन्ने बारे डाक्टरहरु पनि अलमलमा परेका छन ।

यदी यी बालकको जिब्रो यसरी नै निरन्तर बढ्दै जाने हो भने, उसलाई सास लिन समस्या हुने र सास रोकिन पनि सक्ने सम्भावना रहेको चिकित्सकहरुले बताएका छन ।

बालक ओभेनकी आमा थेरेसा कुनै पनि बेला बालकलाई हुने अप्ठ्यारो अवस्थाको बारेमा चिन्तित छिन । हर बखत उनी सचेत रहन्छिन । उनले छोरा ओभेनको रक्तचाप दैनिक रुपमा चेक गर्छिन । यसका साथै अक्सिजनको तह पनि हेर्ने गर्छिन । यसका लागि उनले डाक्टरहरुले सुझाएका विशेष उपकरणहरुको प्रयोग गर्छिन । थेरेसाको यस्तै दैनिकीले बालक ओभेनको जीवन धेरै पटक मर्दा मर्दै बाँचेको छ ।

बालकको यस्तो स्थितिका कारण क्यान्सर हुने अधिक खतरा बढेको चिकित्सकहरुले बताएका छन । बालक ओभेनमा आउन सक्ने यस्तो खतराबाट सचेत हुन हरेक तीन महिनामा अल्ट्रासाउण्ड गर्नुपर्ने बाध्यता रहेको छ । यसका साथै रगतको उत्पादन राम्ररी भए नभएको परीक्षण पनि गर्नु परिरहेको उनकी आमा थेरेसालाई उद्धृत गर्दै डेलिमेलले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार