कान्छा बाजेको ‘याराक्मा हौ सोल्टिनी’ गीतको भिडियो सार्वजानिक

  नयाँ बुलन्द
0 Shares

 

इलाम : रातोपुल स्थित रकहाउस क्याफेमा गीतकार कान्छा बाजेको नयाँ गीत याराक्मा हौ सोल्टिनी ज्युको अडियो र भिडियो सार्वजनिक भएको छ ।

डम्बर नेपालीको संगीत रहेको गीतमा डम्बर नेपाली र दिपक लिम्बुको संयुक्त स्वर रहेको छ । गीतलाई भिजुवल स्टोरी निर्देशन किरण चम्लिङ राई र छायाँकन भुपेन्द्र तुम्बाहाम्फेले गरेका छन् ।

भिडियोमा पनि गायक नेपाली,लिम्बु गीतकार कान्छा बाजे र एलिजा तुम्बापोले चरित्र निर्वाह गरेका छन् । सर्वाङिण विकासका लागि मंच भन्ने मुल नाराका साथ स्थापित संस्था द नेसन्स फलाङसले गीत र भिडियो निर्माण गरेका छन् ।

गीतको शब्द यस्तो रहेको छ ।

याराक्मा हौ सोल्टिनी ज्यु बैंस पो ढल्छ कि
नाच्दै गाउँदै मन मिले हाम्रो घरजम चल्छ कि
हा हा हा…….
खेसुङ जस्तो मुहार तिम्रो हेर्दै मात लाग्ने
निगार झंै आँखा तिम्रो सेप्मांग झैं लाग्ने
तोङबामा फिलुङेको अचार मिल्छ कि

छपनीको छकछक त्यता मुख रसाउँछ यता
ओठ टोक्छौ धडकन बढ्छ ए है कताकता
हुक्का र चिलिममा हौ कोइला पो मिल्छ कि….

-पाथीभरा च्यानलबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार