इलामका थीर कोइराला गायिका अञ्जु पन्तसँग बिबाह गर्ने तयारीमा

  नयाँ बुलन्द
0 Shares

 

इलाम : अञ्जु पन्त र इलामका थीर कोइराला बीच बिहे गर्ने तयारी भएको छ ।
दुबैको परिवारमा बिहेको कुराकानी चलिरहेको भए तापनि मिति भने तय भएको नभएको बताइएको छ ।
करिब १० वर्ष पहिले गायक तथा संगीतकार मनोजराज र उनको सम्बन्ध बिच्छेद भएको हो ।
त्यस पश्चात् एक्लो जिवन बिताइरहेकी गायिका पन्तले अहिले बिहे गर्ने सुरु कसेकी छिन् ।

तुरुन्त बिहे गरिहाल्ने भन्ने योजना नभएको बताउने कोइरालाले अर्को वर्षतिर गर्ने कि भन्ने कुरा हुँदै थियो । तर, बजारमा हल्ला भएपछि दबाब भएको बताए ।

यता, अञ्जुकी छोरी परितोशिका पन्तले पनि केही समयदेखि मिडियामा आमाले बिहे गर्नुपर्ने बताउँदै आएकी थिइन। अञ्जुले पनि छोरीको दबाबका कारण बिहे गर्ने बिषयमा सोचिरहेको बताएकी थिइन् ।

अन्तरवार्ताको क्रममा भेट भएको उनीहरु त्यस पछि नजिकिएको खुलासा भएको छ । बिबाह बन्धनमा बाधिने तयारीमा रहेका कोइराला र पन्त दुबै क्रिश्चियन धर्ममा आस्थावान हुन् ।
सामाजिक सजालमा पनि पन्तका तस्वीरहरु शेयर गर्ने कोइरालाले उनले आवाज भरेका केही गीतमा शब्द समेत रचना गरेका छन् । अनलाईनबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार