व्यवस्थित सडक नबन्दा माईपोखरी पुग्‍न सास्ती

  विविसी हाङखिम
0 Shares

सन्दकपुर : इलामको प्रसिद्ध धार्मिक पर्यटकी स्थल माईपोखरी दर्शनार्थी र पर्यटकहरुले सास्ती व्यहोर्नु परेको छ । सन्दकपुर गाउँपालिका वडा नम्बर १ र ३ को सिमानामा पर्ने माइपोखरी पुग्न सडक हिलाम्य भएकका कारण यात्रीले सास्ती व्यहोर्नु परेको हो ।

माईपोखरी पुग्न व्यवस्थित सडक नबन्दा सोचेजस्तो दशर्नार्थी र पर्यटकहरु भित्रिन सकिरहेको छैन । जैविक विविधताले सम्पन्न माईपोखरी विश्व रामसार क्षेत्रमा नवौं स्थानमा सुचिकृत तथा मध्यपहाडी क्षेत्रको पहिलो रामसार क्षेत्र हो ।

केही दिनदेखि लगातार परेको वर्षाका कारण सडक हिलाम्य भएको छ । कतिपय क्षेत्रकमा खाल्डाखुल्डी समेत भएकाले यात्रीलाई सास्ती भएको छ । सडक विस्तारका लागि गरिएको कटिङले झनै हिलाम्य भएको छ ।

प्राकृतिक रूपमा सुन्दर, नौकुनामा फैलिएको मापोखरी सन् २००८ अक्टोबर २८ मा सिमसार क्षेत्रबाट विश्व रामसार क्षेत्रमा सुचिकृत गरिएको थियो । विश्व रामसार क्षेत्रमा सुचिकृत भएर पनि कच्ची सडक भएकै कारण माइपोखरी अझैपनि ओझेल परेको सन्दकपुर गाउँपालिकाका वडानम्बर १ का वडाध्यक्ष नन्दकुमार राई बताउँछन् ।

पोखरी छेउमा विभिन्न खालका फूलहरु रोप्ने, शिवको मूर्ति निर्माण गर्ने, पोखरीसम्म पुग्ने कच्ची सडकलाई कालोपत्रे सडकको रूपमा परिणत गरेर दैनिक २० हजार भन्दा बढी पर्यटकहरु भित्राउने लक्ष्य रहेको अध्यक्ष राईले सुनाए । माईपोखरीको जोरपोखरीलाई डुङ्गा सयरलाई अझै थप व्यवस्थित गर्ने, त्यसै पोखरीको छेउमा आकासे पुल निर्माण गरेर आकर्षक र मनमोहक बनाएर पर्यटकहरुलाई आकर्षित गर्ने योजना रहेको वडाध्यक्ष राइले बताए ।

हरिबोधनी एकादशीका दिन पोखरी छेउमा भब्य मेला लाग्ने गरेको छ । मेलामा इलामसहित छिमेकी जिल्ला पाँचथर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरीलगायतका जिल्ला र नेपालभरीकै भक्तजन र पर्यटकहरु आउनेगरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार