कोरोनाबाट जोगिन यौन सम्पर्क गर्दा चुम्बन नगर्न र मास्क लगाउन सुझाव

 

एजेन्सी : सन् २०१९ डिसेम्बरबाट फैलन शुरु भएको कोरोना भाईरसले विश्वलाई नयाँ संकटमा पुर्याएको छ । यसले आर्थिक र मानवीय जीवनमाथि ठूलो चुनौती दिईरहेको छ ।
यस्तो बेला मानिसका दिनचर्या, जीवन शैली अनेक फेरिएका छन् । मानिसको जीवन शैली अन्तर्गत यौन जीवन पनि कुन न कुनै रुपमा जोडिन्छ ।
यसबारेमा धेरै अनुसन्धान र अध्ययनहरु भएका छन् ।
हालै बेलायतको एक च्यारीटीले कोरोना भाईरस फैलन नदिन यौन सम्पर्क गर्दा मास्क लगाउन र चुम्बन नगर्न सुझाव दिएको छ ।
साथै सो च्यारीटीले यौन सम्पर्क गर्नु अघि र यौन सम्पर्क गरीसके पछि २० सेकेण्ड मिचि मिचि हात धुन पनि सिफारीस गरेको छ ।
द टेरेस हिगिन्स ट्रष्टले यो अध्ययन र सुझाव जारी गरेको हो । यो बेलायतको एचआईभी तथा यौन स्वास्थ्यका बारेमा काम गर्दै आएको प्रमुख संस्था हो ।
च्यारीटीका मेडिकल डाईरेक्टर डा. मिचेल ब्रेडीले यौन महत्वपूर्ण पाटो भएको भन्दै यसलाई त्याग्न नसकिने बरु सुरक्षित बनाउनु पर्ने बताए ।

स्रोतः डेलीमेल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार