यहाँ सिंगल व्यक्तिलाई सरकारको सल्लाह : लकडाउनमै सेक्स पार्टनर खोज्नुस् !

  नयाँ बुलन्द  227 पटक हेरिएको

एजेन्सी : कोरोना भाइरसको संक्रमणको खतरालाई लिएर नेदरल्याण्ड सरकारले देशभर लकडाउन गरेको छ । लकडाउनको समयमा सरकारले विभन्नि प्रकारका सर्तहरु राखेको छ ।

तीन भिजिटर्स बोलाउन सकिने व्यवस्था कार्यान्वयन गरेको नेदरल्याण्ड सरकारले अब सिंगल व्यक्तिले सेक्स पार्टनर राख्न सल्लाह दिएको छ । सरकारले सेक्स पार्टनर खोज्ने क्रममा केही कुरामा विशेष ध्यान दिनुपर्नेमा जोड दिएको छ ।

नेदरल्याण्डको नेशनल इन्टिच्युट फर पब्लिक हेल्थ एण्ड द इनभाइरोमेन्ट (आरआइभिएम)ले सिंगल व्यक्तिले अर्को एक पार्टनरसँग बस्नुपर्नेमा जोड दिएको छ । तर कोरोना भाइरसको कुनै पनि लक्षण देखिएमा भने आफ्नो पार्टनरबाट टाढा रहनुपर्नेमा जोड दिइएको छ । यसअघि नेदरल्याण्ड सरकारको तिब्र आलोचना भएको थियो । सेक्सका विषयमा सिंगल व्यक्तिलाई सल्लाह नदिएको भन्दै सरकारको आलोचना भएको थियो ।

मार्च २३ देखि नेदरल्याण्डले सामाजिक दूरी कायम गर्नेगरी लकडाउन लागू गरेको थियो । घरभित्र बस्दा पनि डेढ मिटर दूरी राख्नुपर्ने नियम राखेकोमा सरकारको आलोचना भएको थियो ।

आरआइभिएमको सल्लाहमा भनिएको छ, जोसँग स्थायी सेक्सुअल पार्टनर छैन, ‘उनीहरुले आफ्नो पार्टनर राख्न सक्छन् । तर स्वास्थ्यमा ध्यान दिएर मात्र यस्ता काम गर्नुपर्छ । धेरै व्यक्तिलाई दुवैजना भेट्नु हुँदैन ।’

नेदरल्याण्डको राजधानी आमस्टडर्म सहर संसारकै ठूलो रेडलाइट एरिया भएको क्षेत्र हो । लकडाउनकै समयमा सरकारले सिंगल व्यक्तिलाई किन यस्तो सल्लाह दियो भन्ने विषय भने खुलाइएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार