मानिसको शरीरमा निस्कने कोठीले कस्तो असर गर्छ ?

  नयाँ बुलन्द
0 Shares

news

काठमाडौं : हाम्रो शरीरको विभिन्न भागमा रहेको कोठीको बारेमा छुट्टाछुट्टै धारणा रहेको छ भने अन्धविश्वास पनि रहँदै आएको छ ।

यदि गर्भवती महिलाले बच्चाको जन्मपूर्व केही डरलाग्दो घटना वा केही उत्तेजक घटनाको सामना गर्नुपर्‍यो भने बच्चाको शरीरमा एउटा कोठी आउने गर्छ भन्ने अन्धविश्वास रहि आएको छ । त्यही भएर कोठी कस्तो प्रकारको हुन्छ भन्ने कुराको निर्धारण पनि आमा डराउने वा उत्तेजित हुने कुराले नै निर्धारण गर्ने विश्वास गरिन्छ ।

जे–जस्तो अन्धविश्वास भए पनि अझै विज्ञानले पनि कोठी कसरी पैदा हुन्छ र यसको रोकथाम कसरी गर्ने भन्ने कुराको समाधान पत्ता लगाउन सकेको छैन । जन्मदैं वा जन्मेको केही समयपछि बच्चाको छालामा कोठी पैदा हुन्छ । त्यसैले कोठीलाई कहिलेकाहीं जन्मदाग पनि भनिन्छ । सुन्दा अचम्म लाग्न सक्छ तर पृथ्वीमा भएका हरेक मानिसको जीउमा कम्तीमा पनि एउटा कोठी हुने गरेको छ ।

औसतमा भन्ने हो भने त एउटा मान्छेको जीउमा करिव १४ वटा कोठी हुन्छन् । कोठी मानिसको शरीरको कुनै पनि भागमा आउन सक्छ । कहिलेकाहीँ त मानिसको तालुमा पनि कोठी आउने गर्छ ।

वास्तवमा कोठी भनेको नचाहिंदो रुपमा बढेको मांशपेशी वा कोषका केही भागहरु मात्र हुन् । जहाँ कोठी बन्छ, त्यहाँको केही कोष वा मांशपेशी बढ्छ र कालो भाग देखापर्छ । त्यसलाई कोठी भनिन्छ । जुनसुकै प्रकारको कोषको पनि कोठी बन्न सक्छ । त्यसमा रगतका नशाहरु पिगमेन्ट भएका कोषहरु कपालको जडमा रहेको कोषहरु आदि पर्ने गर्दछन् ।

विभिन्न प्रकारको कोष तथा माशंपेशीमा कोठी बन्ने हुँदा हरेक कोठी एक आपसमा फरक हुन सक्छन् । कसैकसैले शरीरमा कोठी आयो भने राम्रो मान्दैनन् । किनभने कहिलकाहीं कोठी पछि गएर क्यान्सरमा पनि परिणत हुन सक्ने सम्भावना हुन्छ । तर यो एकदमै कम मानिसमा मात्रै देखा पर्छ ।

कोठीले छालालाई नराम्रो देखाइदिने हुँदा पनि धेरैले कोठी मन पराउँदैनन् । यदि कोठीको आकारमा वृद्धि भयो भने वा त्यसको रङमा परिवर्तन भयो भने पनि त्यसलाई हटाएर फाल्नु उपयुक्त हुन्छ । कहिलेकाहीँ कोठीको छाला निस्कने गर्छ, त्यसबाट रगत पनि बग्ने गर्छ । यसो भयो भने पनि क्यान्सर वा अरु कुनै रोग लाग्न सक्छ । यस्तो अवस्थामा कोठीलाई हटाउनु पर्ने चिकित्सकहरुको भनाइ छ ।

कोठी निकाल्दा जहिले पनि चिकित्सको सल्लाह अनुसार निकाल्नु जरुरी हुन्छ । (एजेन्सी)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार