युवतीका लागि नक्कली ‘ब्वाइफ्रेन्ड’

  नयाँ बुलन्द  59 पटक हेरिएको

टोकियो । एक भिडियो गेम कम्पनी लेबल–५ ले युवतीहरुका लागि एक नक्कली ब्वाइफ्रेन्ड तयार गरेको छ ।

एक्लोपनबाट दिक्क हुने युवतीलाई लक्षित गर्दै यस्तो ‘टेक्नोेलोजी’ तयार गरिएको कम्पनीले जनाएको छ । नक्कली ब्वाइफ्रेन्डसँग युवतीहरुले अंकमाल गर्दै तनाव भगाउन सक्ने बताइएको छ । नक्कली ब्वाइफ्रेन्डलाई आफूखुसी कतै लैजान पनि सक्ने बनाइएको छ ।

थिएटर, रेष्टुरेन्ट, सपिङ कम्प्लेक्स जस्ता सार्वजनिक स्थलमासमेत ब्वाइफ्रेन्डलाई सँगै लैजान सकिनेछ । यसप्रकारको नयाँ प्रविधिको नाम ‘ब्वाइफ्रेन्ड हग स्पीकर्स’ राखिएको छ । अझ रोचक त के छ भने, यस्तो ब्वाइफ्रेन्डलाई अंकमाल गरेपछि आफैँ संगीत बज्ने गर्दछ । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार