आमाको गुनासो (कविता)

  त्रिबिक्रम न्यौपाने  82 पटक हेरिएको

त्रिबिक्रम न्यौपाने

बगे ती आंशु बनियोत धारा

रुँदै ती भन्छिन गरिनै पुकारा

सन्तान सानो न ठूलो छ धेरै

विभेद गर्दै छ यहाँ अघोरै

 

धनी धनीदैछ दिनै

गरिब गरिबै गरिबी छ दिनै

नाङ्गो छ नाङ्गै अझ नाङ्गिदैछ

भोको छ भोकै अझ भोकनै छ

 

बासै हरायो कतिको त त्यहाँ

प्रकोप पर्दैछ दिनै त यहाँ

उजाड साथ ममता हरायो

समृद्धि बन्दैछ कुरा सुनायो

 

रोजगार भन्छ्न सृजना कति छ

विदेश जान्छ्न ती युवा उती छ

बूढो अशक्तै बनि बाल भैगो

नेता भएको शहरै पसि गो

 

गाउँ छ सुन्य बनिदै छ दिनै

सहर खचाखच भरिदैछ छिनमै

पेशा हरायो कृषि त्यो सबैको

आयात गर्छ्न दिनैका दिनको

 

बालिक छैनन सुरक्षा त केही

हत्या र हिंसा उतिनै छ त्यही

आतंक धेरै बढीनै रहेको

भन्छिन ती आमा गुनासो भएको

 

जीतपुर मावि देउमाई-९ इलाम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार