सिकिया पुस्तकालयले मंगली मञ्चन गर्‍यो

  नयाँ बुलन्द
0 Shares

चुलाचुली : सामाजिक रूपान्तरण साथै नयाँ पुस्तामा कलाकाे महत्त्व बुझाउने उदेश्यले चुलाचुली  रंगमञ्च इलामको सहकार्यमा  सिकिया सामुदायिक पुस्तकालयले ७ दिने नाट्य  कार्यशालापछि नाटक मंगली मञ्चन  गरेको छ ।

झापाको धरमपुर शिवसतक्षी नगरपालिका १ नं. वडास्थित रहेको सिकिया सामुदायिक पुस्तकालयकाे खुल्ला मञ्चमा मञ्चन गरिएको नाटकमा मन्निक शंखर, दिप्ती भट्टराई, मनाेज बिक, दिव्य भट्टराई, लक्ष्मी श्रेष्ठ, कुसुम लिम्बू, अञ्जु बासकाेटा, सुरेन थेवेले अभिनय गरेका थियाे । उक्त  नाटककाे सहजकर्ता चुलाचुली रंगमञ्चका कलाकारहरू संजय लाम्गादे, प्रविन मगरले गरेका हुन ।

१५ मिनेट समय रहेको नाटकमा    विधालयबाट जंगलबाटाे हुँदै  घर फर्किन्दै गरेकी  १५ बर्षिय पात्र मंगलीको अपरित मंदिरासेवन गरेका व्यक्तिबाट बल्तकार हुन पुग्छिन्, मंगलीलाई जंगलमा गाेठालाे गरिरहेकाे अर्को महिलाले भेट्छिन्, मंगलीकाे परिवारमा फाेन गर्दिन्छिन्, प्रहरी सहित घण्टना स्थलमा अाएकाे मंगलीकाे बुबाले अपराधीलाई कार्वाही गर्न अनुराेध गर्छ, उता गाउँमा भने मंगली बल्तकार हुनुकाे कारण मंगली अाफै चरित्रहिन केटी भएको नकारात्मक कुरा गाउँमा चर्चा चल्न थाल्छ, नाटकमा मंगली जस्ती छाेरीहरू बल्तकार हुँदै जाने हाे भन्ने हामी छिमेकीले गर्न सक्ने के हाे ? नाटक प्रश्नमा सकिन्छ ।

बैशाख १४ देखी २२ गते सम्म नाट्य कार्यशाला  संचालन गरिएकाे लाइबेरि संस्थाकाे अध्यक्ष अविसेक नेम्वाङले वताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार