“गर्भमै तुहिएको योजनाहरु” (कथा)

  सुमन लेप्चा (वाङ्गचु )
7 Shares

सुमन लेप्चा (वाङ्गचु )

एक जना नेपालकै ख्यातिप्राप्त नेता ज्युँ सँग भेटेर सल्लाह, सुझाव र ऋणको कुरा गर्न उहाँकै घरमा गएको थिएँ । जसले “रोजगारको लागि अब बिदेशिनु पर्दैन, यहाँ नेपालमा मनग्ये पैसा आर्जन गर्न सकिन्छ । स्वदेशी स्वरोजगारीमा हाम्रो तीब्र रुपमा लगानी हुनेछ । मानौँ अबको ५ बर्षभित्रमा वैदेशिक रोजगारमा जानेको संख्या शून्य बनाउनेछौ ।” भनेर भाषण गरेका थिएँ, त्योबेला यी बाचा बचनका शब्दहरुले जनताहरुबाट खुब ताली पाएको थियो ।

उहीँ नेता ज्युँ राम शर्माको पिता हुनुहुन्थ्यो । राम शर्मा मेरो कलेज पढ्दा ताकाको साथी थियो । जो अहिले यु.एस.ए. मा छ । मेरो उसँग फेसबुकमा खुब कुरा हुन्छ । ती साथीलाई मैले नेपालमा गर्ने व्यवसायको बारेमा कुरा गरेको थिएँ । उसले एकदम सकारात्मक प्रतिक्रिया दिएको थियो । मैले आफ्नो व्यवसायको लागि आर्थिक सहयोगको कुरा गर्दा पितासँग कुरा गर्नुपर्छ । म पितालाई भन्छु । तँ अहिले मेरो घरमा जा, बुवाले जरुर तलाई सहयोग गर्छ, किन कि मेरो पिता वैदेशिक रोजगारको विरोधी हो । त्यसैले तैले भने जति रकम लैजा, ब्याज नदिनु तर लगेको रकम चैँ तेरो काम भएपछि फर्काउनु भनेर आफ्नो कलेजका मित्रको जवाफ पाउदा उत्साहित हुँदै ती मित्रका पिता जो अहिलेको लोकप्रिय, जनपृय नेता हुनुहुन्छ उहाँलाई भेट्न उहाँकै घरतिर म गएँ ।

घरमा नेता, कार्यकर्ताहरुको धेरै भीड थियो । नेता ज्यु भेटघाट कार्यक्रममा व्यस्त हुनुहुदोँ रहेछ । मैले उहाँको सेक्रेटरीलाई म भेट्न आएको खबर सुनाउनु भनेँ । सेक्रेटरी भित्र गएको केही समयपछि म भएको ठाउँमा आउनुभयो । भाइ मसँग आउ भनेर भित्र प्रतिक्षालयमा पुराएर यहाँ बस्दै गर्नु, नेता ज्युँ अहिले व्यस्त हुनुहुन्छ । नेता ज्युँले भेट्न पठाउनु भनेपछी म बोलाउन आउनेछु भन्दै बैठक कोठातिर जानू भयो ।

मैले केही समय कुर्नु पर्ने भयो । मैले जस्तै नेता ज्युँ सँग भेटघाट गरेर आफ्नो समस्या सुनाउन आउनेहरूको संख्या प्रतिक्षालय कोठामा अरु १५ जना थियो । सबै जना एकापसमा भलाकुसरी गर्दै थियो । उहाँहरु आ-आफ्नो समस्याहरु एक अर्कालाई सुनाउदैँ थियो । भेट्न आउनेहरुमा कसैले गाउँमा पानीको समस्या रहेको, कसैले बिजुली बत्ती नभएको, कसैले गाउँमा सडक नपुगेको, कसैले सरकारी विद्यालयको संरचना कमजोर भएर पाठ-पाठन गर्नुमा असर पुगेको, कसैले स्वरोजगारीको लागि सिफारिस गर्न लगायत धेरै समस्याहरु बोकेर आएका रहेछन । ममात्रै छोराको सिफारिस बोकेर व्यक्तिगत समस्या लिएर आएको थिएँ ।

प्रतिक्षालय कोठामा कुर्नेहरुको संख्या घट्दै थियो । ती मभन्दा अघि कुरेर बस्ने १५ जनालाई बोलाएर पनि, मभन्दा पछि आउने १५ जना मान्छेहरु भेट्न गैसक्यो तर मेरो पालो आएको थिएन । चिसो पानी ३ बोत्तल रित्याएर २० पटक टोइलेट गैसकेँ तर मेरो पालो आएको थिएन । दिक्क पनि लाग्दैछ, रिस पनि उठदैछ तर मेरो आफ्नो समस्याहरुको अगाडि यो क्रोध छिया छिया हुँदैथियो । म रिसले भित्र भित्रै मुर्मुरिए पनि बाहिर एकदम शान्त थिएँ । सयाद मौन व्रत लिएजस्तो भएको छु, भित्री मन छिन छिनमा बोले पनि मुखबाट नबोलेको ४ घण्टा जति भयो तैपनि कतिखेर बोलाउछ होला भन्दै मोबाइलको घडी हेर्दै आफ्नो पालो पर्खि रहेको छु ।

करिब ५ घण्टापछि मलाई बोलाउन सेक्रेटरी आउनुभयो ।सयाद सबैको पालो सकिएको हुनुपर्छ । म सेक्रेटरीको पछि पछि लागेर नेता ज्युँलाई भेट्न बैठक कोठातिर गएँ ।

“हजुर नमस्कार” मैले आफ्नो दुवै हातहरु जोडेर भनेँ ।

“नमस्कार” नेता ज्युँले मतिर हेर्दै टेवलमा भएको फाइललाई डुवरभित्र राख्दै मेरो नमस्कारको जवाफ दिनुभयो ।

“म रामको कलेजको साथी” मैले आफुलाई चिनाउदै भनेँ ।

नेता ज्युँले शंकास्पद चिनेजस्तै गरेर भन्नू भयो, “ए अँ भन्दैथियो, तिमी पो हौ, बस बस भाइ” ।

बस्ने अनुमती पाएपछि छेउमा रहेको सोफामा बसेँ । बैठक कोठा निकै सुन्दर थियो । यी कोठा, महाङ्गा महाङ्गा समाग्रीहरुको सजावटले भरिएको थियो । लाग्छ म एक धनाढय व्यापारीको आफिसमा छु । मेरो दुई नयनहरुले यी कोठामा चारै दिशातिर सजिएर बसेका ती महाङ्गा समाग्रीहरुलाई नियाली रहेको छ । मभित्र अनेक नकारात्मक प्रश्नहरु उब्जिरहेको थियो । यो हाड नभएको जिब्रोले यी प्रश्नहरु कतै ओकाल्छ कि भने एक प्रकारको भय पनि मनमा उत्पन्न भैरहेको थियो । के भन्नू के भन्नू, भन्ने कुराहरु सबै भुली रहेको थिएँ । मौन छु मनोभावनामा बगी रहेको छु ।

“भाइ” नेता ज्युँको बोली थियो । यी सम्बोधनले मनोभावनाको सगरबाट बाहिर ल्याउने कार्य गर्‍यो, लाग्छ चिर निद्राबाट बिम्झिदैछु ।

“हजुर” प्रतिजवाफ मैले दिएँ ।

निकै बोर भयो होला । मैले निकै पर्खाए है तर अनर्थ नलिनु मैले आफ्नै सम्झिएर पर्खाएको हुँ? तिमी त आफ्नो परिवारभित्रको सदस्य जस्तै हौ । के गर्नु जनताको मान्छे भएपछि जनताहरुको समस्या सुन्नु नै पर्‍यो । घरको सदस्यलाई भन्दा बाहिरको मान्छेहरूलाई प्राथमिकता दिदा भोलिको दिनमा कुनै गुनासो कसैले कसैमाथि गर्दैन नत्र नातावाद भन्न थाल्छन जनताहरु । भोलि सबैको नजरबाट तिरस्कृत भइन्छ । घरकोलाई त सम्झाउन बुझाउन सकिन्छ तर बाहिरकालाई गाह्रो हुन्छ त्यसैले तिमीलाई धेरै पर्खाए है? नेता ज्युँले सयाद मप्रती सहानुभूति देखाएको होला तर यी शब्दहरुले मेरो मनलाई हावा जस्तै हालुका बनाई दिई रहेको छ । यी कोठामा चलाएको ए.सी.ले भन्दा ज्यादा शितलता महसुस गराई रहेको छ ।

नेता ज्युँको यी कुराहरुमा मेरो मौन समर्थन थियो । मैले केही भनीन । मुन्टो हल्लाएर नेता ज्युँको कुराहरुलाई हजुर हजुर भन्दै कुनै आपत्ति नरहेको अभास दिई रहेको थिएँ ।

भाइ के कामले आएको थियौ? नेता ज्युँले थाहा पाएर पनि कुनै जानकारी नै नपाएझै गरि प्रश्न गर्‍यो ।

“रामले हजुरलाई केही भनेन” मैले छोटो उत्तर दिएँ ।

अँ! साथीले व्यवसाय गर्ने रे, पैसा दिनु भनेर रामले भन्दै थियो तर तिमिले के व्यवसाय गर्न खोज्दैछौ? किन र त्यत्रो रकम  चाहिएको हो” नेता ज्युँको कौतुहलपुर्वक प्रश्न मप्रती थियो ।

सोचे नेता ज्युँबाट सकारात्मक सल्लाह सुझाव र साथ पाउने आशामा सबै योजनाहरु सुनाउनु पर्छ । किन कि मैले गर्नु खोजेको व्यवसाय सेवामुलक व्यापार हो । जुन योजना मैले आफ्नो मिल्ने नजिकको साथीहरुलाई सुनाउदा कसैले कहिले पनि नराम्रो भनेको छैन । सबैले सकारात्मक सल्लाह सुझाव दिएको छन । त्यसैले मैले मेरो व्यवसायिक योजनाहरु नेता ज्युँको आगडी दुरुस्तै पेश गरेँ ।

मेरो योजना भनेको, “अहिले नेपालभरि ५० लाख नेपाली जनताहरुले भोगी रहेको मानसिक समस्याहरुको रोकथाम र समस्याको समाधानको लागि एक आधुनिक मेन्टल हस्पिटल संचालन गर्ने हो” ।

यी समस्याहरुले गरिब, धनी, बालबालिका, जवान, वृद्ध केहिलाई छोड्दैन । धनीहरुलाई यस्तो समस्या भएमा पैसा छदैछ, विश्वका राम्रा मानसिक हस्पिटलमा लगेर उपचार गर्न सक्छन, घरमै मनोबिश्लेषक, मनोचिकित्सा बोलाएर उपचार गर्न सक्छ्न तर गरिब जनताहरुको लागि यी सब असम्भवको कुरा हो ।

मानसिक रोगीहरुको मनोचिकित्साले रोग पहिचान गरि दिएपछि दैनिकी रुपमा महाङ्गो औषधि सेवन गर्नु पर्ने हुन्छ, सोच बदल्ने विभिन्न टेक्निकल थेरापी सिक्नु पर्ने हुन्छ । हाल नेपालमा यो उपचार मात्रै उपलब्ध छ । तर यि उपचार निकै खर्चिलो हुन्छ । विहान कमाएर बेलुका छाक टार्ने जनताहरु यी सेवाबाट बन्चित छन । यहि बिषयलाई मध्यनजर गरेर कम शुल्कमा उपचार प्रदान गर्ने गरि सुविधा सम्पन्न आधुनिक तरिकाले न सरकारले, न त प्राइभेट रुपमा त्यस्तो राम्रो हस्पिटल अहिलेसम्म नेपालमा संचालनमा ल्याएको छैन ।

हिलेसम्म कतिपय नेपाली जनताहरुले मानसिक रोगलाई रोग नै होइन जस्तो गर्छन । कतिले मानसिक रोगलाई पागलको संज्ञा दिन्छन र मान्छेले पागल भन्ने डरले, लाजले मानसिक रोगिहरुले नै आफ्नो रोगलाई लुकाउछन । कति मान्छेहरुमा मानसिक रोग लुकाएर होइन प्रस्पोट्न गर्दा छिटो निको हुन्छभन्ने चेतना छैन । मानसिक रोग भनेको के हो भनेर कुनै जानकरी नहुदा धेरैले अकालमै ज्यान गुमाएको छन ।

त्यसैले नेपालभरिको मानसिक समस्याले ग्रसित रोगीहरुलाई मध्यनजर गर्दै हरेक गाउँ शहरमा मानसिक रोग सम्बन्धि जनचेतनामूलक कार्यक्रम चलाएर, फेसबुक, ट्युटर, टिकटक, टेलिभिजनमा मानसिक रोग सम्बन्धि सकारात्मक सोच पैदा गराउने स्टोरी भिडियोहरु बनाएर अपलोड गर्दै मानसिक रोगको बारेमा जनचेतना फैलाएर कम शुल्कमा आधुनिक तरिकाले उपचार गर्दै पैसाको अभावमा, जनचेतनाको अभावमा यहि रोगको कारण पिडादायिक दिनचर्या भोग्नु नपरोस, अकालमा ज्यान गुमाउनु नपरोस्, हत्या आत्महत्याको समाचारहरु पत्रीकामा पढ्न नपरोसभन्ने लक्ष्यसहित नाफामुलक समाजसेवा गर्न, यो व्यवसायमा ४ जना साथीहरु मिलेर संचालन गर्नु लाग्दैछौ । यो व्यवसायको कुल लगानी ४ करोडको छ । साथीहरु सबैले पैसा म्यानेजमेन्ट गरि सक्यो, मेरो मात्रै बाँकी रहेको छ । अहिले मसँग ५५ लाख छ, मैले रामलाई केही समयको लागि ४५ लाख ऋण मागेको थिएँ । उसले हजुरसँग कुरा गर्नु, मैले भनेको छु, तलाई दिनेछ भनेर म एक बोरा आशा बोकि हजुर माझ सल्लाह सुझाव र ऋणको लागि आएको हुँ ।

मेरो कुराले नेता ज्युँलाई केही प्रभाव पर्‍यो कि परेन जानकार भएन तर मेरो कुराहरु ध्यान दिएर सुनेकोमा मलाई लाग्छ नेता ज्युँले सकारात्मक सल्लाह सुझाव सहित आर्थिक सहयोग गर्नु हुनेछ्भन्ने कुरामा विस्वस्त थिएँ ।

नेता ज्युँले मेरो योजनाको कुराहरु सुनी सकेपछि मायालु स्वरमा भन्नुभयो । “भाइ योजना त साह्रै राम्रो रहेछ, तर तिमीले कहिले सोचेको छौ? व्यापारमा जोखिम मोल्नुपर्छ भनेर ।” तिम्रो योजना भनेको नेपालका धनाढ्यहरुको लागि हो । जसलाई १/२ करोड नोक्सानी हुँदा केही असर हुँदैन । तर भोलिका दिनमा कदाचित तिमीले जे सोचेको छौ त्यस्तो नभएर नोक्सान भएर तिम्रो लगानी डुब्योभने, तिम्रो पार्ट्नरहरु गद्दार निस्किएर तिम्रो लगानी डुब्योभने, फेरि तिम्रो जस्तो योजना बोकेर यहाँ धेरै हिडेको होला, उनीहरुले पनि त्यस्तै व्यवसाय गर्‍योभने, “फेरि अहिलेको सरकारले यो बिषयमा व्यापक ढङ्गले कार्यक्रम संचालन गर्न लाग्दैछ, अब हरेक प्रदेशमा एक मानसिक हस्पिटल ल्याउने बिषयमा छलफल हुदैछ” यदि सरकारले यस्तो योजनाहरु छिट्टै पारित गरेर ल्यायोभने तिमी त सिधै मानसिक रोगबाट ग्रासित हुनेछौ । त्यसैले भाइ तिमी मेरो छोरा जस्तै हौ । तिमिलाई त्यस्तो भएको म हेर्न र सुन्न सक्दिन (टेवलमा भएको कपमा थर्मसको तातो पानी सार्दै) एकपटक यो बिषयमा पुन: विचार गर्ने हो कि तिमिले? यसोभन्दा तिमीलाई पैसा दिनु नखोजेको होइन, म दिन्छु तर भोलिको दिनमा मैले दिएको पैसाको सहयोगमा तिमिप्रति त्यस्तो घटना घट्योभने दोषी म नै हुन्छु । त्योबेला मभित्र आत्मग्लानी हुनेछ “मैले पैसा नदिएको भएँ, तिम्रो यस्तो दुर्गती हुने थिएनभन्ने । लामो सुस्केरा लगाउदै नेता ज्युँले यसरी सल्लाह सुझाव मार्फत मप्रति आफ्नो विचार राख्नुभयो । जुन सल्लाह सुझाव नेता ज्युँबाट यस्तो आउनेछ भनेर मैले झिनो आशासमेत गरेको थियिन ।

म एकनासले भुईतिर हेरि रहेको थिएँ । मैले यो बिषयमा धेरै पहिला नै सोची सकेको थिएँ । म मेरो आफ्नो लगानी यसरी सुरक्षित गर्छु । यस्तो भएमा यसो गर्छु । किन कि हस्पिटल जस्तो संवेदनशील कुरा जहाँ जे जति गन्न नसक्ने भए पनि चलाउन सकिन्छ । हुनसक्छ कम मुनाफा होला तर यहाँ पैसा कमाउनु छैन, हस्पिटल व्यावसाय गरेर यहाँ कुबेर बन्नु छैन । आफ्नो परिवारलाई माध्यमस्तरको जीवन दिन सके हुन्छ । हरेक दिन म भवितव्यं हुने जोखिमको बारेमा सोच्दै यी आउने जोखिमबाट बच्न के गर्नुपर्छभन्ने बारेमा सोच्दै ती जोकिमहरुबाट बच्ने उपायहरु बोकी यो योजनामा हात हाल्न लागेको हो । तर खोइ के कसरी भनुम, नेता ज्युँको कुराबाट प्रष्ट थाहा हुन्छ कि नेता ज्युँले आफ्नो पैसाको जोखिम मप्रती नलिएको । म केही बोल्न सकिन? नेता ज्युँसँग धेरै बहस पनि गर्न मन लागेन । नेता ज्युँको यी कुराहरुलाई मैले मौन समर्थन गरि रहेको थिएँ ।

“भाइ” नेता ज्युँले बोलाएको थियो । मैले मेरो निहुरिएको शिर उठाएर नेता ज्युँलाई हेरेँ ।

भाइ बरु तिमी विदेश जाउ यानेकी अमेरिका । म रामलाई पनि भनी दिन्छु । रामले तिमिलाई भिषा स्पोन्च गर्छ । तिमिसग ५५ लाख रहेछ । त्यो पैसाले तिमिलाई मनग्ये पुग्नेछ अमेरिका जानलाई । त्यहाँ तिमिले महिनाको ४/५ लाख सजिलै कमाउछौ । फेरि त्यहाँ केही जोखिम मोल्नु पर्दैन, त्यसमाथी तिम्रो आफ्नै लगानीमा गएको हुन्छौ, ऋणमा पनि पर्दैनौ (मलाई सम्झाउँदै अमेरिका मोहको बल्छी ममाझ हान्दै भन्नू हुन्छ) के यहाँ त्यस्तो गरि रहन्छौ, मज्जाले ८/१० बर्ष उतै बस्नु अनि पैसाले पुग्यो भनेपछी नेपाल आएर सानदार जिन्दगी व्यतित गर्दै राजनिती गर्नु, ५/६ बर्षमा वडाध्याक्ष, मेयर, प्रदेशमन्त्री सम्म त तिमी भैहाल्छौ । तिमिले चाहेको समाजसेवा हो अनि त्यसपछि माज्जाले जिवनभरी समाजसेवा गर्नु यसरी समाजसेवी गरेर तिमी हिड्दा तिम्रो दैनिकी दिनचर्यामा कुनै असर पुग्नेछैन तर अहिले तिमिले पैसा नै कमाउनु पर्छ । तर त्यो तिमीले चाहेको व्यवसाय गरेर होइन ।

नेता ज्युँको यी कुरा सुनेर मैले झट्ट प्रश्न गरिहालेँ । अनि हजुरले जनताहरुलाई दिएको आश्वासन चैँ?

मेरो प्रश्न सुनेर हाँस्दै बोल्यो । भाइ त्यो त नेपालमा एकपैसा कमाई बिना डुलि खानेहरुलाई अनि खाडी मुलुकको तातो घाममा पसिना बगाउनेहरुलाई हो । जसले त्यहाँ तातो घाममा काम गर्दा पनि ४०/५० हजार कमाउछ । उनीहरुले त्यति पैसा त यहि काम गर्दा कमाउनु सक्छ नि? यदि सरकारले रोजगार दियोभने । त्यसैले अहिलेको सरकारले यहि योजनालाई तिव्र गतिमा अघि लैजादैँछ । सयाद यथाशीघ्र हामी यो योजनालाई सफलतापुर्वक सफल भएको घोषणा गर्नेछौ । रह्यो तिम्रो कुरा, अमेरिका भनेको हरेक युवाहरुको सपनाको देश हो । त्यहाँ त्यति सजिलै जान सकिन्न? कि डिभी पर्नु पर्छ कि त त्यता आफ्नो परिवार हुनु जरुरी छ । फेरि साँच्चै भन्ने होभने त्यहाँ कुनै होटलको वेटरमा काम गर्नेको तलव, हाम्रो देशको प्रधानमन्त्रीको भन्दा ज्यादा हुन्छ । मभन्छु “परिश्रम पैसामा बेच्नु हुदैन तर पैसाले परिश्रम किन्छ भने बेच्नु पर्छ” । किनकी कुनै कुरा बेच्दा मान्छेहरुले मोलमोलाइ गर्छन कम पैसामा लान खोज्छ तर कसैले किन्नु चहान्छभने तोकिएको मुल्यमा पनि  नाफा खाएर बेच्नु सकिन्छ । मैले भन्नू खोजेको खाडी मुलुक भनेको परिश्रम बेच्ने ठाउँ हो, जहाँ नेपाल सरकारले श्रमसझौता गरेर वैदेशिक रोजगारमा पठाउने गर्छ । अमेरिका भनेको श्रम किन्ने ठाउँ हो, जहाँ हाम्रो देश र त्यो देश बीच केही कुनै सम्झौता छैन । यदि त्यहाँ कोहि जान्छ्भने वैदेशिक रोजगारमा गएको हो भनेर हामीले भन्न पनि मिल्दैन । किन कि हाम्रो देशबाट त्यहाँ रोजगारमा गएको हो भन्ने कुनै सरकारी प्रमाण हुदैन….

अब तिमी आफै भन त? कि मै गल्ती सल्लाह दिए कि?

नेता ज्युँको यस्तो सल्लाह सुझाव सुनेपछि मेरो कोमल हृदय मौसम बद्लिएको जस्तो बद्लिन थाल्यो । मेरो ६ महिना सोचेर बनाएको योजनाहरु अमेरिका मोह प्रती झुकेको महसुस मभित्र म आफैले गर्न थालेँ । अचानक मेरो योजनाहरुमा तुवाँलो सहित बर्षा हुन थाल्यो, घरी पहिरो जान्छ, घरी  हावा हुण्डारी आए जस्तो हुन्छ, प्रचण्ड गर्मीले निसासिएको जस्तो हुन्छ, एकै छिनमा शितल पाएझै केहिपलमा जाडोले पुरै शरीर कामेको जस्तै हुँदैछ ।

अस्तु !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार