विद्यालय विकास कोषले गर्‍यो ११७ शिक्षासेवीलाई सम्मान (भिडियो सहित)

  नयाँ बुलन्द
0 Shares

माङसेबुङ : इलामको माङसबेुङ गाउँपालिका ३ चतुरेस्थित जीवनज्योति माध्यमिक विद्यालयमा स्थापित विद्यालय विकास कोषले ११७ जना शिक्षा सेवीलाई सम्मान गरेको छ ।

समितिले आइतरबार आयव्यय सार्वजनिक तथा दाताहरुलाई सम्मान कार्यक्रम आयोजना गरी ११७ जना दाताहरुलाई सम्मान गरेको हो ।  कोष स्थापना  र विकासका लागि आर्थिक सहयोग उपलब्ध गराउने दाताहरुलाई सम्मान गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीकुमार राईको अध्यक्षता र माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङ्गोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दाताहरुलाई सम्मान गरिएको हो । यसरी सम्मानित हुनेहरुमा विद्यालय विकास कोषमा रकम जम्मा गरेका सोही विद्यालयका वर्तमान र पुर्व शिक्षक, विद्यार्थी, अभिभावक तथा विदेशी नागरिक समेत रहेका छन् ।

सो कोषमा नेपालका विभिन्न क्षेत्र सहित भारत, श्रीलंका, फिलिपिन्सका नागरिकले समेत रकम जम्मा गरेर सहयोग गरेका छन् । यसैबीच सोही कार्यक्रममा गत आर्थिक वर्ष २०७४।०७५ असार मसान्तसम्मको आयव्य समेत सार्वजनिक गरिएको छ । विद्यालय विकास कोष समितिका अध्यक्ष डेविड सुनुवारले आयव्य सार्वजनिक गरे ।

सुनुवारले गरेको आयव्य अनुसार कोषमा ७ लाख ६९ हजार ४ सय ३२ रुपैयाँ बचत रहेको छ । २३ लाख ७१ हजार ६ सय १४ रुपैयाँ आय र १६ लाख २ हजार १ सय ८२ व्यय देखाइएको छ । करिब १० वर्ष अघि स्थापना गरिएको सो कोषमा स्वदेशी तथा विदेशी ११७ जनाले ७ लाख १८ हजार ६ सय ६२ रुपैयाँ जम्मा गरेका छन् ।

विद्यालयको विभिन्न क्षेत्रको विकासमा सहयोग पुर्याउने उद्देश्यले स्थापित कोषलाई स्थानीय समुदायमा परिचालन गरी व्याज संकलन गरेर मूल पूँजी जस्ताको तस्तै राखिएको अध्यक्ष सुनुवारले जानकारी दिए । उनका अनुसार मूल पूँजीबाट प्राप्त ब्याज मात्र विभिन्न प्रयोजनमा प्रयोग भइरहेको छ ।

कार्यक्रममा माङसेबुङ गाउँपालिका ३ का वडाअध्यक्ष मैतराज राईलाई विशेष सम्मान समेत गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य पूर्णबहादुर बस्नेत, वडा अध्यक्ष मैतराज राई, सदस्य इन्द्रबहादुर राई, माङसेबुङ ६ का सदस्य रामचन्द्र राई, प्रधानाध्यापक मदनकुमार राई, पूर्व शिक्षक राम योङहाङ, वर्तमान शिक्षक भीम लिम्बूलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन कोष समितिका सचिव एवम् शिक्षक पर्वत राई र दीपक घिमिरेले गरेका थिए ।

हर्नुहोस् भिडियोमा :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार