माइजोगमाईमा निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर


माइजोगमाई : इलामको माइजोगमाईमा दुई दिने निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजना तथा माइजोगमाई गाउँपालिकाको सह–आयोजनामा शिविर बिहीबार सम्पन्न भएको हो ।

शिविरमा श्वासप्रश्वास, कलेजो, मृगौला, छाला तथा चर्मरोग, पेट तथा छाती, नाक तथा घाँटी, हाड तथा नसा, महिला तथा पु?षका गुप्त रोग, बालबालिका सम्बन्धि रोग, दम, बाथ, प्यारालाइसिस, माइग्रेन, पाइल्स, फिस्टुला, डिप्रेसन, हर्षा सुगर थाइराइड लगायतको होमियोप्याथिक चिकित्सा पद्धतिद्धारा उपचार सेवा प्रदान गरिएको थियो ।

शिविरमा २ सय ३६ पु?ष र २ सय ६६ महिलले स्वास्थ्य सेवा लिएका थिए । नयाँबजार स्वास्थ्य चौकीमा सम्पन्न शिविरमा विभिन्न रोगका २० जना विशेषज्ञ चिकित्सकह?को टोलीले स्वास्थय सेवा प्रदान गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार