माघ १ मा मनिष लिम्बूका साथ दीपा, सीता र सुहाङ एकतप्‍पा आउँदै

  नयाँ बुलन्द
0 Shares

इलाम : माघ १ गते चर्चित बाल कलाकार मनिष लिम्बू इलामको एकतप्पामा आउँदेछन् । किरात समुदायको नयाँ वर्ष ५०७९ तथा कक्पेक्वा तङनाम (माघे शक्रान्ति) को अवसरमा इलामको फाकफोकथुम गाउँपालिका-७ स्थित एकतप्पामा आयोजना हुने साँस्कृतिक कार्यक्रममा मनिष आउने भएका हुन् ।

साँस्कृतिक कार्यक्रममा मनिषका साथै गायिका दीपा सुहाङ र सीता सिङ्गक तथा गायक तथा संगीतकार सुहाङ लिम्बू एकतप्पा आउने भएका हुन् ।

कक्फेक्‍वा तङनाम मेला बजार समितिको आयोजनामा आगामी १ माघमा राष्ट्रिय कलाकारहरुको साथमा वृहत कार्यक्रम, स्थानीय कलाकारहरुको नृत्य प्रस्तुत, विभिन्न जातीय झाँकी प्रदर्शनी, केलाङ, लाखेनाच तथा भलिबल प्रतियोगिता हुने भएको  छ ।

त्यस्तै कक्फेक्वा तङनामकै अवसरमा भलिवल प्रतियोगिता समेत संचालन हुनेछ । भलिवलका विजेतालने नगद १० हजार र उपविजेताले नगद ५ हजार रुपैयाँ सहित  प्रमाणपत्र पाउनेछन् ।

कार्यक्रमको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द डटकमबाट हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार