पक्की गेटको शिलान्यास

  नयाँ बुलन्द
0 Shares

फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिका ३ आमचोकस्थित सिंहदेवी माध्यमिक विद्यालयमा समाजसेवी चन्द्र सुवेदीले पक्की गेट निर्माण गर्न लागेका छन् । विद्यालयको प्रवेशद्वारमा सुवेदीले आफ्ना स्वर्गीय बुबा रंगलाल र आमा शारदा सुवेदीको स्मृतिमा गेट निर्माण गर्न लागेका हुन् ।

विद्यालयमा भएको एक कार्यक्रममा गेटको शिलान्यास समेत गरिएको छ । गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सरस्वती राई (सरू) र विशेष अतिथि वडाध्यक्ष राजन पौडेलले संयुक्त रूपमा शिलान्यास गरे ।

करिब पाँच लाख रूपैयाँको लागतमा उक्त पक्की गेट निर्माण गर्न लागिएको सुवेदीले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण घतानीको अध्यक्षमा भएको शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरस्वती राई (सरू), वडाध्यक्ष राजन पौडेलले गेट निर्माणले विद्यालयलाई थप शोभायमान बनाउने विचार व्यक्त गरे ।

कार्यक्रममा निर्माणकर्ता चन्द्र सुवेदीले स्वागत मन्तव्य राखेका थिए भने प्रधानाध्यापक मोतिखर पोखरेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार