यसरी १२ महिनाको बाच्छीले दुध दिन थालेपछि …

चितवन :  झट्ट सुन्दा अनौठो लाग्न सक्छ । १२ महिनाको बाच्छीले दुध दिन थाल्छ भनेर तर, यथार्थ वास्तविकता नै यही हो ।

पुर्वी चितवनको खैरहनी नगरपालिका १० शान्तिबजारका  रामशरण दाहालले पालेको बाच्छी अहिले १२ महिना पुरा भयो । सोही बाच्छीले सवैलार्ई अचम्मित पार्दै एक साँझमा डेढ लिटरसम्म दुध दिईरहेको छ ।

बाच्छीले दुध दिन थालेपछि दाहाल परिवार मात्रै नभई अहिले गाउँले नै अचम्मित हुन थालेका छन् । करिव एक महिना अघिदेखी थुनबाट दुध बग्न थालेपनि गएको तीन दिनदेखी दुध दुन थालेको कृषक दाहालले बताउँछन् ।

१२ महिनाको नव्याएको बाच्छीले अहिले विहान बेलुका नै दुध दिईरहेको उनी सुनाउछन् । पशु चिकित्सकको सल्लाहामा दुध दुहुन थालिएको उनले बताए ।

“बच्चा नै नजन्माई दुध आउन थालेपछि सबै चकित भएका छौ” दाहालले भने । दुध दुहुदा बाच्छीले कुनै प्रतिक्रिया नजनाउने उनले बताए । “पहिलो बेतको गाईको दुध दुदा लात्तीले हान्ने चल्ने गर्छ तर, यो बाच्छीले शान्तसंग दुध दिईरहेको छ” दाहालले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार