प्रमुख अतिथी नबनाएको झोंकमा नेकपाद्वारा महोत्सव बहिष्कार

  प्रनिश थापा
0 Shares

चितवन : बाँच्नुपर्छ के-के देखिन्छ के-के ? हुँदा-हुँदा आफ्ना निकटलाई प्रमुख अतिथि नबनाएको रिसको झोंकमा चितवनको एक महोत्सवको समापन समारोह कार्यक्रम नेकपाले बहिष्कार नै गरेको छ ।

इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा भएको इच्छाकामना महोत्सवको समापन समारोह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बहिष्कार गरेको हो । प्रतिनिधिसभा सांसद एंव नेकपाका नेता कृष्णभक्त पोखरेललाई प्रमुख अतिथी बनाउने भनिए पनि पछि समानुपातिक तर्फका प्रदेशसभा सांसद एवं नेपाली कांग्रेसका नेता मिलनबाबु श्रेष्ठलाई प्रमुख अतिथि बनाए पछि नेकपाले कार्यक्रम बहिष्कार गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार