घुम्न आउँनु परिवार भुलिएझैँ लाग्छ इलाम
सौर्न्दर्य शिखर जस्तै चुलिएझैँ लाग्छ इलाम !
बादलको घुम्टो ओढ्नु पहिचान हो चिनाउने
चियाबारी पुग्दा सबै खुलिए झैँ लाग्छ इलाम !
संसारमा अरुपनि छन् घुम्नलाईत सुन्दर ठाँउ
हरित नगर त्यसैबिच फुलिएझैँ लाग्छ इलाम !
श्रीअन्तु, कन्याम अनि सन्दकपुर जस्तै ठाँउले
अलिअलि सुन्दरता नै घुलिएझैँ लाग्छ इलाम !
वार्षिक अनगिन्ती यहाँ पर्यटक आउँदाखेरी
महसुसले बिश्व सबै यतै हुलिएझैँ लाग्छ इलाम !
इलाम (जमुना), हाल प्रवास दुबई