गोबिन्द पौडेल
रोङ : शैक्षिक क्षेत्रमा रहेको समस्याहरुलाइ स्थानिय तहबाट निराकण गरि गुणस्तरीय बनाउन सकिन्छ भनेर सरोकारवलाहरु सगको एक दिने शैक्षिक अन्र्तक्रिया कार्यक्रम गरिएको छ ।
रोङ गाउपालिका वडा नं ६ को आयोजनामा वडा कार्यलयमा भएको कार्यक्रममा वडा भित्र रहेको सबै बिद्यालयका शिक्षकहरु , ब्यवस्थापन समितिका पदाधिकारीहरु , बालबिकास केन्द्रका सहयोगी कार्यकर्ताहरु , बिद्याथीहरु र जन प्रतिनिधिहरुबिच भएको अन्र्तक्रियामा वडा भित्रका बिद्यालयहरुमा भएको समस्याहरुको पहिचान गरि उक्त समस्या समाधानको लागि कसले , कहाबाट र कसरी समाधान गर्न सकिन्छ भन्ने बारेमा बिश्लेषण गरि आगामी दिनमा वडाले सोही अनुसारको निति तथा कार्यक्रम बनाएर लैजाने उदेश्यको साथ सो कार्यक्रम गरिएको वडा सदस्य केशर प्रधानले बताए ।
साबिक जिर्मले गाबिस अन्र्तगतको रोङ ६ मा अहिले तीनवटा माध्यामिक बिद्यालयहरु र कक्षा ५ सम्म संचालित तीनवटा आधारभूत बिद्यालय रहेको छ त्यसमा पनि सरस्वती मा.बिमा एउटा मात्र मा. बि तहको शिक्षक दर्वन्दि रहेको छ भने कुवापानी मा.बि मा यसै बर्षमात्र एक शिक्षक अनुदान प्राप्त भएको छ अन्यथा दुबै बिद्यालयमा अभिभावकहरुको आर्थिक सहयोगको भरमा निजी शिक्षकको भरमा चलेको कारण सरकारको निशुल्क शिक्षा यस गाउमा आइ पुगेको छैन ।
















































