उत्तरी द्वीपको हक्समा यी व्यक्तिले गोप्य तरिकाले दुई सय १९ वटा रेकर्डिङ गरेका थिए । यी सबै डिसेम्बर सन् २०१७ देखि फेब्रुअरी २०१८ बीच बनाइएको थियो ।
दोषी ठहरिएका व्यक्तिको पहिचान लुकाइएको छ ता कि उनकी श्रीमतीले कुनै प्रकारको समस्याको सामना गर्नु नपरोस् ।
ती व्यक्तिले केही भिडियोलाई पोर्न साइटमा हालेको स्विकारेका थिए ।
पुलिसका अनुसार पीडितमध्ये धेरैको उमेर ३० वर्ष मुनी छ । क्यामरा यस्तो प्रकारले लगाइएको थियो कि नुहाइरहेका युवतीको तस्बिर काँधदेखि घुँडासम्म देखिन्थ्यो ।
तर धेरैजसो भिडियोमा महिलाको अनुहार पनि रेकर्ड भएका थिए ।
स्पाई क्यामरा भएको स्याम्पुको बोतल घरमा बनाइएको थियो वा त्यसलाई अनलाईनमार्फत खरिद गरिएको थियो भन्ने बारे स्पष्ट जानकारी उल्लेख छैन ।
पुलिसले गेस्टहाउसमा बसेका महिलाको पहिचान गरेको छ । पुलिसलाई दिएको बयानमा ती महिलाले यसबारे थाहा पाउँदा चकित र दुःखी भएको बताए । आफ्नो भिडियो बनाउने व्यक्तिप्रति अत्यधिक रिस उठेको पनि उनीहरुले बताए ।
फेब्रअरीमा जब उनलाई पक्राउ गरिएको थियो तब उनले रमाइलाका लागि यस्तो गरेको पुलिसलाई जानकारी दिए ।
उनले अदालतमा दिएको बयान अनुसार क्यामरालाई उनले रिमोटबाट चलाउने गर्दथे । जब महिला बाथभित्र नुहाउन जान्थिन् तब उनी टाढै बाट क्यामरा अन गर्ने गर्थे ।
भिडियो बनाइसकेपछि उनले उक्त भिडियोलाई राती आफ्नो कम्प्युटरमा डाउनलोड गर्ने गरेको बताए ।
यीमध्ये थुप्रै भिडियो उनले पोर्न साइटमा पोष्ट गर्दथे । भविष्यमा थप प्रोत्साहित भएर अन्य भिडियो पोष्ट गर्नका लागि भिडियो हेर्नेहरुलाई राम्रो कमेन्ट गरिदिन पनि उनी अपिलसमेत गर्थे ।
भिडियोको डिटेलमा ती व्यक्तिले युवतीबारे पनि जानकारी दिन्थे । उनले युवतीको धर्म र व्यवसायको जानकारीसमेत दिने गर्दथे ।
आफूले कसरी भिडियो बनाउनेबारे पनि उनले जानकारी दिन्थे ।
दोषी पाइएका व्यक्तिका वकिलले अदालतसामू उनको पहिचान गोप्य राख्न अपिल गरे । दोषीकी बिरामी श्रीमतीलाई मानसिक समस्याबाट छुटकारा दिलाउनका लागि यस्तो अपिल गरिएको बताइएको छ ।
वकिलको भनाई थियो कि यदि उनका श्रीमानको पहिचान सार्वजनिक गरिए उनको स्वास्थ्य थप खराब हुनसक्छ ।
यस्तै, दोस्रो पक्षका वकिलका अनुसार ती व्यक्तिले ३४ महिलाको अत्यधिक गोप्य पललाई सार्वजनिक गरेकोमा अपराध गरेका छन् ।
घटना सार्वजनिक भएपछि न्यूजिल्याण्ड पुलिसले यी भिडियो डिलिट गरेका छन् ।
दोषीलाई अक्टोबरमा सजायँ तोकिनेछ । उनलाई १४ वर्षको जेल सजायँ हुने अनुमान छ ।
एजेन्सी