७४ प्रतिशत जारको पानीमा हैजाको जीवाणु

काठमाडौं : जारको पानीमा जीवाणु भेटीएका खबरहरू बाहिरिरहेका हुन्छन् । सर्वसाधारणले उपभोग गर्ने जारको पानीमा दिसामा पाइने जीवाणु (इकोलाई) जीवाणु फेला परेको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले गरेको अध्ययन, परीक्षणमा करिब ७४ प्रतिशत जारको पानीमा उक्त जीवाणु फेला परेको हो ।

नाष्टका वरिष्ठ वैज्ञानिक अधिकृत भोजराज पन्तका अनुसार ५० ब्रान्डका जारको पानीको नमुना परीक्षण गरिएको थियो । त्यसक्रममा कोलिफर्मसँगै इकोलाई पनि फेला परेको हो । नाष्टका अनुसार इकोलाईले हैजा हुने जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार