सुजता सुनुवार :
इलाममा स्वास्थ्य बिमा प्रभावकारी बन्दै गइरहेको छ । तर स्वास्थ बिमा गरेर सेवा लिइरहेका सेवाग्राहीले औषधी गुणस्तरीय नभएको गुनासो गर्न थालेका छन् । विगत एक वर्षदेखि निरन्तर स्वास्थ्य बिमाबाट औषधी खादै गर्नुभएका इलाम नगरपालिका वडा नम्बर ६ की बाटुलीमाया भट्टराईले बिमाको औषधी खाँदा समस्या झन बढेर गएको बताउनु भयो ।
उहाँले भन्नु भयो , मेरो सिङ्गो शरिर नै सुन्निने समस्या छ । बिमाको औषधी खाँदा झन हात खुट्टा शरिर सुन्निदै गएको छ । हामी गरिब हौँ , निः शुल्क औषधी खान पाएका छौँ सरकारले राम्रो सेवा दिएको छ । तर समस्या समाधान नभई बढेर जाँदा भने झन शरिरलाई कष्ट भईरहेको भट्टराईले दुखेसो पोख्नु भयो । यसमा सुधार हुनु प¥यो भन्दै भट्टराईले भन्नु भयो , कि सेवा दिन ठप्प हुनु प¥यो कि त गुणस्तरीय हुनु प¥यो ।
यता इलाम अस्पताल इलामका सुचना अधिकारी रीता अधिकारीले भने सेवाग्राहीको मानसिकतामा भर पर्ने बताउदै उहाँले भन्नु भयो , निः शुल्क औषधी हो यसले मलाई के निको बनाउला र भन्ने सोचले पनि होला की यस्तो महशुस भएको । कमसल छदै छैन भन्न सकिन्न केही कमीकमजोरी होला , यसमा हामी सबै सचेत हुन चाँहि जरुरी छ ।
औषधी खादै गरेका सेवाग्राहीले खबरदारी गर्नु प¥यो , र त हामी पनि सम्बन्धित निकायमा खबरदारी गर्छौँ भन्दै सुचना अधिकारी अधिकारीले सबै सेवाग्राहीलाई आग्रह गर्नु भयो । यस्तो छ भन्ने सुन्नमा आएको चाँहि हो । तर हालसम्म कार्यलयमा नै आएर गुनासो गर्ने नभएकाले कस्लाई कस्तो प्रभाव पारिरहेको छ भन्ने यकिन गर्न नसकेको बताउनु भयो ।
जिल्ला अस्पताल इलामका अनुसार इलाम जिल्ला अस्पतालबाट मात्रै हालसम्म बिमितमध्ये १४ हजार भन्दा बढीले सेवा लिइसकेका छन् । जसमा ओपिडीमा १२ हजार ८७३ र इमरजेन्सीमा एक हजार २८७ ले सेवा लिइरहेको पाईएको छ ।
जम्मा १४ हजार १६० बिरामीमा १ हजार इलाम अस्पताल इलामबाट रेफर भएका इलाम अस्पताल इलाम सुचना विभागका क्षितिज खतिवडाले जानकारी दिनु भयो ।
इलाम जिल्लामा बिमितहरुले जिल्लाका चार ओटा स्वास्थ्य केन्द्र र एउटा अस्पतालबाट स्वास्थ्य सेवा लिइरहेका छन् । इलाम अस्पताल इलाम , पशुपतिनगर प्राथमिक स्वास्थ्य केन्द्र इलाम , फिक्कल प्राथमिक स्वास्थ्य केन्द्र इलाम , प्याङ्ग प्राथमिक स्वास्थ्य केन्द्र इलाम र मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्र इलामबाट सेवा प्रदान भइरहेको छ ।
नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड जिल्ला कार्यलय इलामका दर्ता अधिकारी खेम अधिकारीका अनुसार , अहिलेसम्ममा २० हजार ४०५ महिला र १८ हजार ४०५ पुरुष गरी ३८ हजार ८१० जनाले बिमाबाट स्वास्थ्य सेवा लिइरहेका छन् ।

















































