नरेन इलामेली
माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिका १ नयाँबजारमा मोतिया विन्दुका बिरामीहरुको निःशुल्क फलोअप जाँच समपन्न भएको छ । साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था नयाँबजार सेवा केन्द्रको आयोजना तथा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा फलोअप जाँच समपन्न भएको हो ।
गत बैशाख ४, ५, ६ र ७ गते सञ्चालन भएको आँखा शिविरमा मोतिया विन्दुको शल्यक्रिया गराएका बिरामीहरुको आँखाको अवस्था जाँचका लागि कार्यक्रम आयोजना गरिएको साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था नयाँबजार सेवा केन्द्रका शाखा प्रमुख हेमराज पाण्डेले बताए। आर्थिक विपन्नताका कारण अस्पताल सम्म पुग्न नसकेका विरामीहरुलाई लक्षित गरी गाउँघरमै सेवा दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पाण्डेले बताए । कार्यक्रममा ३४ जनाले सेवा लिएका थिए ।
यस अघि शल्यक्रिया गराएका अधिकांश बिरामीको अवस्थामा सुधार हुँदै गएको र केहीलाई थप उपचारका लागि मेची आँखा अस्पताल बोलाइएको उपचारमा संलग्न आँखा रोग विशेषज्ञ डा. पवन महतले बताए । कार्यक्रम माइजोगमाई गाउँपालिकाकी उपाध्यक्ष सावित्रा भट्टराईको उपस्थितिमा सम्पन्न भएको हो ।
















































