सेक्स डलका बारेमा त थुप्रै कुरा सुन्नुभएकै छ । तर अबचाहीँ सेक्स रोबोट पनि बन्न थालेका छन् व्यवसायिक रुपमा । महिलाहरुको यौन आवश्यकतालाई मध्यनजर गर्दै विश्वको पहिलो यौनसाथी रोबोट तयार भएको छ । यो रोबोटको मूल्य ८ हजार पाउण्ड अर्थात् झण्डै १२ लाख रुपैयाँ पर्दछ ।
यो पुरुष सेक्स रोबोटको नाम हो हेनरी । यो अत्यधिक यौनक्षमता युक्त रोबोट हो र सुपरह्युम सेक्सुअल पर्फमेन्स दिनेछ । त्यतिमात्र होइन, यो रोबोटमा सेन्स अफ ह्युमर पनि रहेको छ र जोक्स सुनाएर हँसाउन सक्दछ ।
यो पुरुष सेक्स रोबोट ६ फिट अग्लो छ । यो सुगठित जिउको छ, सिक्स प्याकयुक्त । यसको गाढा लुक्सले महिलालाई भुतुक्कै पार्न पर्याप्त छ ।
महिलाका यौन आवश्यकता पूरा गरिदिने यो रोबोटले आफ्नी यौनसाथी महिला अर्थात् मालिक्नी कामबाट घर आएसँगै स्वागत गर्ने र उनको मनपर्ने टिभी सिरियल तथा फिल्मका बारेमा चर्चा गर्दछ । मालिकसँग प्यार जनाउनका लागि मनपर्ने गीत, कविता तथा रोमान्टिक कुराहरु पनि सुनाउँदछ ।
यो रोबोट ग्राहकको आवश्यकता अनुसार बनाइन्छ । ग्राहकले रोबोटको जिउडाल, पर्फमेन्स, लुक्स आदिको सम्बन्धमा गरेको माग बमोजिम कम्प्नीले रोबोट तयार गरिदिने सुविधा पनि छ ।
अमेरिकाको डिलावेरमा रहेको रियलबटिक्स कम्पनीले यो सेक्स रोबोट तयार गरेको हो । यसको तौल ३८ किलोको छ ।
कम्पनीका प्रमुख म्याट मेकम्युलेनका अनुसार यो रोबोटले दुनियाभरका एक्ला महिलाहरुको जिवनसाथीको कमी पूर्ति गर्नेछ । यो केवल सेक्स डल मात्र नभएर जिवनसाथीकै रुपमा रहने उनको दाबी छ ।
कम्पनीले यसअघि हार्मोनी नामक महिला सेक्स रोबोट पनि बनाएको थियो, जुन विवादमा परेको थियो । यसमा सरीरका विभिन्न अंग फेरेर आफ्नो चाहना अनुसारको बनाउन सक्ने सुविधा पनि थियो । एजेन्सी