हेर्नुहोस्, संसारकै महँगो केक

लन्डन : बेलायतमा एक गाउन लगाएर उभिएकी गुडिया सबैको आकर्षणको केन्द्र बनेको छ ।

सत्य के हो भने, यो गुडिया गुडिया मात्र नभएर संसारकै महँगो केक हो । यदि तपार्इंले यसको मूल्य थाहा पाउनुभयो भने आश्चर्यमा पर्नुहुन्छ ।

समाचारअनुसार यो केकको मूल्य साढे १० करोड रुपैयाँ रहेको छ । खास कुरा के हो भने, यसलाई बेलायतका सेलिब्रिटी डिजाइनर डैबी विंघेम्सले बनाएका हुन् । यो केक बनाउन पाँच हजार फलफूल, २५ किलो चकलेट, एक हजार असली मोती र एक हजार अन्डाको प्रयोग भएको छ ।

यसअघि, डैबी विंघेम्सले नै ५० मिलियन पाउन्ड अर्थात् सात करोड रुपैयाँको केक बनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार