एएफसी यु-१६ खेल्ने नेपालको सम्भावना समाप्त

एएफसी यु-१६ च्याम्पियन्सिपमा नेपालको छनौट हुने सम्भावना सकिएको छ । छनौट अन्तर्गत भारत र इराक विरुद्धको खेलमा गोलरहित बराबरीमा टुङ्गिएपछि नेपालको सम्भावना सकिएको हो ।

इराक ७ अंक सहित समूह विजेता बनेको छ भने भारतको ५ अंकसहित समूहको उपविजेता हुँदै छनोट हुने आशा जीवित रहेको छ । भारतको छनोटको सम्भावना अब अरु समूहहरुको नतिजामा निर्भर हुनेछ ।

इराकले आफ्नो पहिलो खेलमा नेपाललाई १-० ले हराएको थियो र दोस्रो खेलमा प्यालेस्टाइनसँग ४-० ले विजयी भएको थियो । त्यस्तै पहिलो खेलमा प्यालेस्टाइनलाई ३-०ले हराएको भारतले दोस्रो खेलमा नेपालसँग २-२ को बराबरी खेलेको थियो । समूहको अन्तिम खेलमा नेपाल प्यालेस्टाइनसँग ३.३० बजे भिड्दैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार