
कुनै महिलाले आफ्नो जीवनकालमा जम्मा कतिवटासम्म बच्चा जन्माउन सक्छिन् होला ? दर्जनसम्म त हामीले समाजमा सुने-देखेका पनि होला ।
तर, यहाँ हामी एक यस्ती महिलाको कुरा गर्दै छौं, जुन थाहा पाएपछि तपाईं जिब्रो टोक्न बाध्य हुनुहुने छ । १३ वर्षकै उमेरमा हिलोपटक आमा बनेकी एक महिलाले ३७ वर्षकी हुँदासम्म कूल ३८ थान बच्चा जन्माइसकेकी छन् । यस्तो प्रजनन क्षमता भएकी महिला युगान्डाकी हुन् । र, ती महिलाको मरियम नवातान्जी भएको बताइएको छ ।
समाचारमा जनाइएअनुसार मरियमको बिहे सानै उमेरमा भएको थियो । जसक्रममा उनले १३ वर्ष छँदैखेरि पहिलो बच्चा जन्माएकी थिइन् । युगान्डाको मुकोनो भन्ने जिल्ला घर भएकी उनले त्यस ठाउँमा सबैले ‘बच्चा जन्माउने मेसिन’ का नामले चिन्छन् ।
३७ वर्ष पुग्दा ३८ बच्चा जन्माउनेक्रममा उनले ६ पटक त जुम्ल्याहा बच्चा नै पाइन् भने चारपटक तिम्ल्याहा जन्माइन् । त्यसैगरी, तीनपटक चम्ल्याहा बच्चा जन्माइन् । जन्माएका बच्चामध्ये मात्रै दुईपटक उनले एक–एकवटा बच्चा जन्माएको बताइएको छ । अचम्म ! बच्चा जन्माएमध्ये सिंगलभन्दा धेरैपटक त उनले तिम्ल्याहा र चम्ल्या नै जन्माएकी रहिछन् ।
मरियमको प्रजनन क्षमता वास्तवमै वंशाणुगत रहेको बताइएको छ । उनका बुबाले पनि विभिन्न महिलाबाट गरी ४५ बच्चाका बाउ बनेका रहेछन् । मरियमले आफ्नो परिवार नियोजन गर्न डाक्टरसँग सल्लाह पनि गरेकी थिइन् । तर, डाक्टरले नै उनलाई त्यसो नगर्न भनेपछि उनले गरिनन् ।
डाक्टरले त्यसो भन्नुको पछाडि खास कारण छ । वास्तवमा ती महिलाको शरीरमा यति धेरै डिम्ब उत्पादन हुने रहेछन् कि, यदि उनी आमा नबनेमा उनको ज्यानलाई नै खतरा हुनसक्ने अवस्था रहेछ ।
समाचारमा जनाइएअनुसार मरियमका बच्चाहरूलाई आफ्ना बुबाको अनुहार पनि याद छैन । किनभने, मरियमका लोग्नेले कहिल्यै परिवार तथा श्रमतीसँग सयम नै बिताएनन् । मरियमको जन्माएका सन्तानमध्ये सबैभन्दा ठूलो छोरा २३ वर्षको भएको बताइएको छ । एजेन्सी