नेतृलाई बिहेकै दिन अन्डा प्रहार

एजेन्सी

BRAZIL

काठमाडौं : ब्राजिलमा वर्तमान राष्ट्रपति माइकल टेमरलाई समर्थन गरेको भन्दै एक नेतृलाई उनको विवाहकै दिन अन्डा हानिएको छ । पारानाको राज्य विधानसभाकी सदस्यसमेत रहेकी २५ वर्षकी मारिया भिक्टोरिया ब्यारोसलाई विपक्षी दलका समर्थकहरूले बिहेमै अन्डा हानेका हुन् । शुक्रबार साँझ क्युरिटिबाको चर्च अफ रोसरीमा उनको विवाह समारोह चलिरहँदा विपक्षी दलका समर्थकहरूले उनीमाथि अन्डा प्रहार गरेका हुन् ।

विपक्षी समर्थकहरूले अन्डा प्रहार गर्न थालेपछि उनी आफ्ना पतिसँग बख्तरबन्द गाडीमा चर्चबाट निस्किएकी थिइन् ।  युट्युबमा अपलोड गरिएको भिडियोमा विपक्षी दलका कार्यकर्ताले अन्डा हान्न थालेपछि सुरक्षाकर्मीले छाता ओढाएर नवविवाहित बेहुला र बेहुलीलाई गाडीसम्म पु¥याएको देखिएको जनाएको छ । विपक्षी दलका कार्यकर्ताहरूले उनलाई ‘कू’ को योजनामा संलग्न रहेको आरोप लगाउँदै सरकार विरोधी नारा पनि लगाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार