जीवन लिम्बू
इलाम : नेपाली चलचित्र क्षेत्रमा देशको राष्ट्रियता झल्कने नेपाली चलचित्रहरु थोरै मात्रै वन्ने गरेका छन् । त्यति मात्र नभएर नारी प्रधान चलचित्रहरु पनि थोरै नै वन्ने गर्दछन् ।
यसै क्रममा चलचित्रका निर्देशक तथा कलाकार देउ कृष्ण देवानले राष्ट्र भावनाले भरिएको नेपाली चलचित्र ‘तारेभीर’ दर्शक माझ ल्याएका छन् । यो भन्दा अगाडि पूर्वका विभिन्न ठाउँमा विशेष प्रदर्शन गरिएको यो चलचित्रले धेरै नै दर्शकको माया पाएको छ ।
चलचित्र तारेभीर यहि असार २ गते वाट देश व्यापी रुपमा प्रदर्शन हुदैछ । निक्कै नै दर्शकहरुले आशा गरेको चलचित्र तारेभीरमा राष्ट्रियता, प्रेम, पारिवारीक सुमधुर सम्वन्ध, सुख, दुख, मनोरञ्जन, नेपाल प्रहरी प्रशासनको सकरात्मक पक्षलाई महिला प्रहरी मार्फ प्रस्तुत गर्न खोजिएको छ ।
विषेश त तारेभीर नारी प्रधान चलचित्र भएकोले दर्शकहरुले पर्ूण्ारुपमा मनोरञ्जन लिने वताउदै निर्माता देवानले असार २ गतेबाट दर्शकमाझ प्रदर्शनमा आउने यो चलचित्रलाई हेरिदिन र प्रतिक्रिया दिन पनि सम्पूर्ण दर्शकलाई अनुरोध गरेका छन् ।
चलचित्रलाई निकै पुराना कलाकार पे्रम सुब्बाले निर्देशन गरेका हुन् । चलचित्रका कथा पनि निर्देशक सुब्बा कै रहेको छ । नुमाफूङ, देउमाई किनार, चेसुङ लगायत दर्जनौ चलचित्रमा काम गरि सकेका निर्देशक सब्बाले तारेभीरमा निर्देशन क्षेत्रमा डेव्यु गरेका हुन ।
चलचित्रमा विष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, निर्देशक प्रेम सुब्बा, निर्माता देउ कृष्ण देवान, मञ्जु श्रेष्ठ लगायतक मुख्य भुमिका देखिएका छन् ।
चलचित्रको गीत संगीतलाई प्रकाश गुरुङ, व्रविम शेर्मा, जे.पि. नेम्बाङ, सनुप पौडेलले संगीतवद्ध गरेका छन् । त्यस्तै चलचित्रमा जनक गुरुङको द्वन्द्व, गोविन्द र्रार्य र दिनेश माङुगमुको नृत्य निर्देशन रहेको छ ।