तमोर र काबेली (कविता)

राज माबो
ए कुंबा!
कुम्भकर्णको दायाँ बायाँ,
केसरासी जस्तै भई बसी,
आकास र धर्तीलाई साछी
राखेर….
तमोर र काबेलीले अजम्बरी माया माथी
एउटा बाचा हालेछन्।
हामी तल-तल दोभानमा भेट्ने
अनि तिमी ममा म तिमीमा समर्प्रीत हुने…
तमोर दाईने भेग पेल्दै बग्यो।
काबेली देब्रे पहाड चिर्दै झरी।
ए कुंबा!!
काबेलीले तल याम्फुदिनको
फाटहरु छिचोल्दै गर्दा
हरिताल बेसारे र बोक्सी कल्चुडीले
कुरो सल्काई दिएछन्
ए काबेली तँ किन ढिलो!!!???
तमोर त सबेरै दोभान काटेर गयो रह्यौ तिमी
अनि,
काबेली आतिएर होस हवास उतै फ्याकेर
मजुवा,हांखोला,खाक्सेवालाई वास्थै नगरी
हाम फाल्दै दौडिछ……..
मामांखे……तेल्लोक……सिनामको घाटै
घाट
ए कुंबा!!
कठ्ठै तल दोभानमा पुगेर यसो तमोरलाई
हेर्दा त
तमोर त माथी-माथी मित्लुङको गड्ती तिर
आराम गर्दै……..
बाटो खोल्दै…………
आउदै रहेछ।
कबेली आफ्नै पछि यसो फर्केर हेरी बाफ्रे
ढाडनै ढाड माथी आफ्नो
हरियो स्वरुप देखेर अतालीएछी
हतारमा हामफाल्दै जादा
आखै फुटेको थाहा भएन रहेछ।
बेसारे र कल्चडीको कुरा सुनेर
काबेलीले दु:ख पाई,नोक्सान बेहोरी
तेसै-तेसै आफैलाई धिक्कारी
पस्चताप मानि ………
हाऊ कुंबा!!
बगर मिलाउदै,घाट मिलाउदै
आराम गर्दै,हाक्पारे गाउदै,पालाम भन्दै
तमोर आईपुग्यो……….
एउटा आँखा गुमाएको
सरम लाग्दो मुहार,जुन झरेको मुहार
पछ्यौरीले छोप्दै केही नबोली बिचरी
काबेली सुटुक्क बिलाईछ तमोर भित्र।
हाऊ आदाङ्बा ए!!
हजुरको चेलीलाई पनि सम्झाई दिनु
अर्काको विश्वास गर्नु हुन्न भनेर……
सत्य प्रेम कहिले मर्दैन भनेर…..
फेरि,
म तमोर जस्तो उनी कबेलीझै बन्न पर्ला।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार