गजल

सन्धीभक्त शंकर

उठ अब पहाडीया भाई मधेस जल्दै छ ।

तामाङ, भोटे, लिम्बू, राई मधेस जल्दै छ ।।

 

चौंरी गोठमा बाँधी राख झर अब तराई,

नेपाल सकियो शेर्पा दाई मधेस जल्दै छ ।।

 

हाँसी हाँसी महत दाईले गोली खाएछन्,

भन्देउ सबै गाउँलेलाई मधेस जल्दै छ ।।

 

चुला चैका गरेर दिन काटेकी मेरी दिदी,

बोकेर आउ ठाठु ताइ मधेस जल्दै छ ।।

 

घाँस काटी साँझ बिहान चलाएका काका,

आउनु, भोकै रहोस् बरु गाई मधेस जल्दै छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार